९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमाले गण्डकी प्रदेशमा बागलुङबाट १८ जना निर्वाचित


जनमञ्च संवाददाता
  • १९ असोज २०८० , शुक्रबार

  • एमाले गण्डकी प्रदेशमा बागलुङबाट १८ जना निर्वाचित

    बागलुङ, १९ असोज– नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा बागलुङबाट १८ जनाले निर्वाचित भएका छन् ।
    नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेसनबाट सर्वसम्मत तथा प्रतिस्पर्धाबाट निर्वाचीत भई १७ जनाले प्रतिनिधीत्व गर्ने अवसर पाएका हुन् । सर्वसम्मत निर्वाचित ५ जना र प्रतिस्पर्धाबाट निर्वाचित १३ जना गरि १७ जनाले प्रतिनिधीत्व गर्ने भएको एमाले बागलुङले जनाएको छ ।
    सर्वसम्मत निर्वाचित भुगोल महिलातर्फ गिता शर्मा, मञ्जु चालिसे, निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नं. १ बाट लिला राना, क्षेत्र नं. २ बाट टंक पौडेल र जिल्ला भुगोल दलितबाट बावुराम नेपालीले प्रदेश कमिटिमा निर्वाचित भएका छन् ।
    प्रतिस्पर्धाबाट निर्वाचित भई जिल्ला भुगोल पुरुषतर्फ डा. डिल्लीराज गौतम, सुनिल शेरचन, ध्रुबबहादुर केसी, खुल्ला पुरुषतर्फ कृष्ण पाठक, शिवप्रसाद सापकोटा, सन्जयकुमार श्रेष्ठ, खुल्ला युवातर्फ प्रदीप थापा मगर, सन्जाल शर्मा, खुल्ला महिलातर्फ ममतादेवी शर्मा र भिमा अधिकारीले प्रदेश कमिटिमा निर्वाचिन भए ।
    त्यसैगरी लेखा आयोग सचिबमा वीरबहादुर बिक, खुल्ला अल्पसंख्यकतर्फ उदिमबहादुर छ्न्त्याल र जनजाती समावेसीतर्फ नरबहादुर थापाले प्रतिनिधीत्व गर्नेछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend