८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बलेवा एकता सहकारीको १३ औं वार्षिक सधारणसभा


जनमञ्च संवाददाता
  • १ कार्तिक २०८० , बुधबार

  • बलेवा एकता सहकारीको १३ औं वार्षिक सधारणसभा

    बागलुङ, १ कात्तिक– बलेवा एकता बचत तथा ऋण सहकारीको १३ औं बार्षिक साधारणसभा नारायणस्थानमा सम्पन्न भएको छ । यसअघि क्षेत्रगत साधारणसभा सम्पन्न गरेको सहकारीले प्रतिनिधिमुलक केन्द्रिय साधारणसभा गरेको हो ।
    साधारणसभा उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले सहकारीहरुले सहकारी शिक्षामा विशेष जोड दिनुपर्ने बताए । केही सहकारीको कमजोरीका कारण सहकारी क्षेत्रमा समस्या आए पनि बलेवा एकता सहकारीले सदस्यहरुलाई विश्वासमा लिएर संस्थागत रुपमा काम गरिरहेको उल्लेख गर्दे खड्काले विभिन्न स्थानहरुमा सेवा केन्द्र स्थापना गरेर ५ बर्षिय रणनीतिक योजनासहित काम गर्नु महत्वपूर्ण कार्य भएको बताए ।
    २०६७ असोज ६ गते बानपा–१४ नारायणस्थानमा स्थापना भएको सहकारीले नारायणस्थानमा केन्द्रिय तथा बागलुङ बजार, बानपा–१२ अमलाचौर तथा बानपा–१३ पैयुपाटामा सेवा केन्द्र स्थापना गरी आफ्ना सदस्यलाई बित्तिय तथा गैर वित्तिय र रेमिट्यान्स सेवा दिईरहेको छ । अत्याधुनिक कम्प्युटराइज व्यवस्थापन, एसएमएस, इन्टरनेट बैकिङ तथा क्यूआर कोड सुविधासहित सेवा प्रवाह गरिरहेको सहकारीले रासायनिक मल तथा विउको प्रवन्ध, विद्यृत महशुल भुक्तानी, बायुसेवा टिकट बुकिङ लगायतका सेवा दिने गरेको छ ।
    १२ जनालाई प्रत्यक्ष रोजगारी दिएको सहकारीको २ करोड ४४ लाख १७ हजार ३ सय शेयर पूँजी, २१ करोड ९२ लाख ९१ हजार ५१ रुपैयाँ ऋण लगानी र २१ करोड ८८ लाख ४५ हजार ९ सय १३ रुपैयाँ निक्षेप संकलन रहेको प्रबन्धक भरत पौडेलले जानकारी दिए । सहकारीले राम्रो कारोवार गर्ने सदस्य, सेवा केन्द्र र राम्रो काम गर्ने प्रबन्धक पौडेल सहितका कर्मचारीलाई सम्मान गरेको थियो ।
    ४०३ सदस्यलाई ऋण लगानी गरेको प्रबन्धक पौडेलले बताए । सहकारीका संचालक समिति अध्यक्ष इन्द्रप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष धनबहादुर रोकाको स्वागत तथा प्रबन्धक भरत पौडेलले कार्यक्रम गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend