८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

हातेमालो साहित्य संगमको अध्यक्षमा बिकल्प चयन


जनमञ्च संवाददाता
  • ३ कार्तिक २०८० , शुक्रबार

  • हातेमालो साहित्य संगमको अध्यक्षमा बिकल्प चयन

    बागलुङ, ३ कात्तिक– हातेमालो साहित्य संगम बागलुङको अध्यक्षमा दिनेश बिकल्प चयन भएका छन् । हातेमालो साहित्य संगमको तेस्रो जिल्ला अधिवेशनले बिकल्पको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
    समितिको उपाध्यक्षमा लक्ष्मी पुन र खिम पुन, सचिव कमला आचार्य, सहसचिव लक्ष्मी परियार र कोषाध्यक्षमा बिष्णु बैरागी मगर रहेका छन् । समितिको सदस्यमा तेजस्वी सरिता, तनमती रोका, भुपाल घर्ती, अमृत शर्मा, बिमल बिक, केसकुमारी रोका र बिमलराज रेग्मी रहेका छन् ।
    सल्लाहकारमा ताराप्रसाद शर्मा, याम रोका, सरु पौडेल,राम अविरल र प्रेम मगर रहेको नवनिर्वाचित अध्यक्ष दिनेश बिकल्पले जानकारी दिए । कार्यक्रमको उद्घाटन गर्दै रत्नश्रेष्ठ पुरस्कार गुठीका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाले भाषा साहित्यको उथ्थानका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
    कार्यक्रममा हातेमालो साहित्य संगमका सल्लाहकार ताराप्रसाद शर्मा, याम रोका, म्याग्दी साहित्य सञ्जालका अध्यक्ष चन्द्र बहादुर लामिछाने, मुक्तक मञ्च पर्वतका अध्यक्ष निर्मल पौडेल, एनपि घायल, उपाध्यक्ष ठाकुर रसायली, पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव तारानाथ आचार्य, पत्रकार कोपीला कँडेल, बिष्णु बैरागी मगर र कमला आचार्य लगायतले मन्तव्यसहित सृजना वाचन गरेका थिए ।
    कार्यक्रम हातेमालो साहित्य संगम बागलुङ शाखाका अध्यक्ष सरु पौडेलको अध्यक्षता, सदस्य कमला आचार्यको स्वागत र सहसचिव दिनेश बिकल्पको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend