८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

गण्डकीमा वैकल्पिक विद्युत् प्रसारण लाइन बनाउन शुरु


जनमञ्च संवाददाता
  • २० कार्तिक २०८० , सोमबार

  • गण्डकीमा वैकल्पिक विद्युत् प्रसारण लाइन बनाउन शुरु

    म्याग्दी, २० कात्तिक– गण्डकी प्रदेशमा विद्युुत् आपूर्तिको गुुणस्तर सुधार गर्ने र धौलागिरि क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराउने वैकल्पिक प्रसारण लाइन बनाउन थालिएको छ ।
    नेपाल विद्युत् प्राधिकरणले निर्माण सुुरु गरेको कुुश्मा–तल्लोमोदी–नयाँमोदी १ सय ३२ केभी प्रसारण लाइन सम्पन्न भएपछि गण्डकी प्रदेशमा विद्युत् प्रसारण लाइनको चक्र बन्ने र कालीगण्डकी करिडोरको वैकल्पिक हुने जनाएको छ ।
    आयोजना प्रमुख रोशन अग्रवालले म्याग्दी, बागलुुङ, पर्वत र मुुस्ताङमा निर्माण भएका तथा निर्माणका क्रममा रहेका विद्युत् आयोजनालाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन र यस क्षेत्रमा विद्युत् आपूर्तिको गुुणस्तर सुधार गर्न प्रसारण लाइनको चक्र बनाउन लागिएको जानकारी दिए ।
    प्रसारण लाइनको चक्र भएपछि विद्युत् आपूर्ति नियमित भई गुुणस्तर सुधार हुुने, आयोजना पूर्ण क्षमतामा सञ्चालन हुने र आपूर्तिका कारणले विद्युुत् खपत कम भई प्राधिकरणले क्षतिपूर्ति तिर्नुुपर्ने समस्या हट्ने आयोजना प्रमुुख अग्रवालले बताए ।
    खुुर्कोट–न्यू बुुटवल लाइन निर्माण पूरा नहुुँदासम्म खुुर्कोटदेखि मोदीहुँुदै न्यू मोदी जोड्ने सिङ्गम सर्किटको प्रसारण लाइनबाट विद्युुत् आपूर्ति गराउँदा म्याग्दी र मुुस्ताङका जलविद्युुत् आयोजना पूूर्ण क्षमतामा चल्न सकेका थिएनन् ।
    खुुर्कोटदेखि मोदीसम्म छ दशमलव दुई किलोमिटर दूरीको प्रसारण लाइनको ‘सिङ्गल सर्किट’लाई ‘डबल सर्किट’को बनाउने र तल्लो मोदीदेखि नयाँ मोदी नौ किलोमिटर दूरीको डबल सर्किटको नयाँ प्रसारण लाइन बनाउने आयोजना प्रमुख अग्रवालले बताए ।
    तल्लो मोदीदेखि नयाँ मोदी जोड्ने प्रसारण लाइनका लागि ३७ वटा टावर रहने जग्गाको मुुआब्जा वितरणको तयारी गरिएको छ । कुुश्मा–तल्लोमोदी–नयाँमोदी प्रसारण लाइन निर्माणका लागि कस्मिक इलेक्ट्रिकलसँग ३५ करोडमा ठेक्का सम्झौता भएको छ । –रासस

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend