८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

प्लाष्टिकका फुल बिक्री वितरणमा रोक


जनमञ्च संवाददाता
  • २२ कार्तिक २०८० , बुधबार

  • प्लाष्टिकका फुल बिक्री वितरणमा रोक

    बागलुङ, २२ कात्तिक– बागलुङ नगरपालिकाले प्लाष्टिकका फुल निशेध गरेको छ । प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको बागलुङ नगरपालिकामा स्थानीय व्यवसायीले उत्पादन गरेका फुल र घर घरमा फुलेका फुलको उपयोग हुने नगर उपप्रमुख राजु खड्काले बताए । नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको बैठकले बागलुङ नगरभित्र प्लाष्टिकजन्य फुलहरुको कारोवारमै रोक लगाउने निर्णय गरेको थियो ।

    ‘जिल्ला प्रशासन, उपभोक्ता मञ्चलगायत सरोकारवालासँग मिलेर निर्णय कार्यान्वयनका लागि अनुगमन समेत सुरु गरेका छौं’ खड्काले भने ‘हामीले आयात रोक्ने र प्राकृतिक बस्तुको उपयोग बढाउन यो निर्णयमा पुग्यौं ।’ प्लाष्टिकका फुलको खरिदमा बाहिरीने गरेको ठुलो रकम रोकिने खड्काले बताए ।

    प्लास्टिकजन्य फूूलमालाका कारण वातावरणमा पार्ने असर रोक्नुका साथै स्थानीय फूूल उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ बिक्री वितरणमा रोक लगाइएको उनको भनाई थियो । बजारमा प्लाष्टिकका फुलको कारोवार भएको भेटिए कारवाही समेत गरिने नगरपालिकाले जनाएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग समितिले निर्णय गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend