९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

टि–२० क्रिकेटको उपाधि कास्कीलाई


जनमञ्च संवाददाता
  • २५ कार्तिक २०८० , शनिबार

  • टि–२० क्रिकेटको उपाधि कास्कीलाई

    बागलुङ, २५ कात्तिक– गण्डकी प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिता कास्की जिल्ला क्रिकेट संघले जितेको छ । शनिबार बागलुङको बाङगेचउर खेल मैदानमा भएको फाइनल खेलमा कास्कीले नवलपुरलाई ८ विकेटले पराजित गरेको हो ।
    खेल जितेर कास्कीले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र उचाल्न सफल भयो । नवलपुरले ५० हजार ५ सयमा चित्त बुझायो । नवलपुरले १८.४ ओभरमा ९० रन बनाउँदा अलआउट भएको थियो । झिनो लक्ष पच्छ्याएको कास्कीले २ बिकेटको क्षतिमा १५.५ ओभरमा ९१ रनको लक्ष्य पुरा गरेको थियो ।
    कास्कीका लागि बिपिन खत्रीले तीन विकेट लिए । सुवास भण्डारी र किरण पौडेलले दुइ दुइा, नितेस गिरि र अभिषेक थापाले एकएक विकेट लिएका थिए । फाइनल खेलमा कास्कीका मुस्कान थापाले सर्वाधिन २४ रन बनाए । किरण पौडेलले २३ रन, सिभरिन श्रेष्ठले २२ तथा अभिषेक थापाले १७ रन जोडेका थिए ।
    फाइनलमा पुग्नका लागि नवलपुरले पर्वत जिल्ला क्रिकेट संघलाई १० बिकेट र कास्कीले स्याङजालाई ५ बिकेटले पराजित गरेका थिए । प्रतियोगितामा कास्कीका बिपिन खत्री १३ विकेट लिएर म्यान अफ सिरिज भए । उनले १० हजार नगद पुरस्कार समेत हात पारे । बेष्ट बलर र मेनअफ म्याचको पुरस्कार पनि खत्रीले हात पारेका थिए । बिजयी खेलाडीलाई बागलुङ नगर प्रमुख बसन्तकुमार श्रेष्ठले मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे । खेलमा बेस्ट व्याट्समेन तनहुँका दिनेश बुढा मगर घोषित भए ।
    कार्यक्रममा पुरस्कार बितरण गर्दै नगर प्रमुख श्रेष्ठले क्रिकेट लगायतका खेलको बिकासकालागि रंगशाला निर्माणको पहल भैरहेको बताए । खेलकुँदले जिल्लाको पर्यटन प्रवद्र्धनमापनि साथ पुग्ने भएकोले नगरपालिकाले सबैखाले खेलका प्रतियोगितामा साथ दिने पनि बताएका थिए । श्रेष्ठ नेपाल क्रिकेट संघ बागलुङका संस्थापक समेत हुन् ।
    क्रिकेट संघ बागलुङका अध्यक्ष बिष्णुप्रसाद आचार्यको अध्यक्षता र कमल पन्तको संचालनमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देललेपनि शुभकामना व्यक्त गरेका थिए । उनले यो प्रतियोगिताले प्रदेश स्तरीय टिम निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend