बागलुङ, २६ कात्तिक– पर्वतको पैयुँमा आयोजित प्रथम पैयुँ गोल्डकप अन्डर १६ फुटबल प्रतियोगितामा बागलुङको आदर्श बिद्यामन्दिर माबिले उपाधि जितेको छ ।
पैयुँ गाउँपालिकाको मर्दिखोला युवा क्लबले आयोजना गरेको गोल्डकपमा आदर्शले सशष्त्र प्रहरीबलको एपिएफ क्लबलाई पराजित गरेको हो । शनिबार भएको फाइनल खेलमा निर्धारित समयमा गोल रहित बराबरी भएपछि ट्राइबेकरमा आदर्श बिजयी भएको हो ।
आदर्शका गोर रक्षक सोहम सुनारले एपिएफको बल रोकेपछि गोल्डकप उचाल्न सफल भएको थियो । गोल्डकप जितेर आदर्शले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको थियो । २१ टिमले भाग लिएको फुटबल प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा खेलेका खेडाली समेत आएपनि आदर्शले जित निकाल्न सकेको हो ।
कठिन अबस्थामा पनि जित निकाल्न सकेको भन्दै आदर्श बिद्यामन्दिरले आइतवार खेलाडीलाई सम्मान गरेको छ । बिद्यार्थी खेलाडीको हौसला थप्न सम्मान गरिएको प्रधानाध्यापक भुपेन्द्र केसीले बताए । खेल क्षेत्रमा आम नागरिकको समेत चासो बढीरहेको र बिद्यालयका बिद्यार्थीले पनि क्षमता प्रर्दशन गरिरहेकोले खेल बिभाग नै बनाइएको उनले बताए । सम्मान कार्यक्रममा शिक्षक शिव शर्मा र सूर्य महतले बधाइ ज्ञापन गरेका थिए । कार्यक्रम शिक्षक दिपक सुवेदीले संचालन गरेका थिए ।