१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

करेन्ट लागेर बागलुङमा एक बृद्धको मृत्यु


जनमञ्च संवाददाता
  • १ मंसिर २०८० , शुक्रबार

  • करेन्ट लागेर बागलुङमा एक बृद्धको मृत्यु

    बागलुङ, १ मंसिर– जिल्लाको निसीखोला गाउँपालिका वडा नं. ३ धुवाखोर काउलेमा शुक्रबार करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ।
    ६२ बर्षीय भाजबिर नेपालीको काउलेबाट धुवाखोर तर्फ जाने गोरेटो बाटोमा हिड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
    निसीखोला दोस्रो जलविद्युत आयोजनाबाट लगिएको बिजुलीको तार भुईमा लत्रीएको अवस्थामा रहेको र सोही तारमा कुल्चिदा करेन्ट लागेर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
    घटनाको जानकारीपछि अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी सहायक निरीक्षक गुरु प्रसाद न्यौपानेको कमाण्डमा ३ जना र इलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङका प्रहरी निरीक्षक राजकुमार विकको कमाण्डमा ७ जना प्रहरी घटनास्थलमा खटिएको केसीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend