९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

ट्रमा सेन्टर संचालनमा ढीलाई


जनमञ्च संवाददाता
  • ४ मंसिर २०८० , सोमबार

  • ट्रमा सेन्टर संचालनमा ढीलाई

    बागलुङ, ४ मंसिर– नौ बर्षअघि धौलागिरि अस्पतालमा ट्रमा सेन्टर बनाउने ठूलो चर्चा र बहस भयो । अझै सेन्टर चल्न त सकेको छैन । अस्पतालमा सिटिस्क्यान मेसिन जडान भएपछि ट्रमाका बिरामीले छिटफुट रुपमा बागलुङमै उपचार पाउन थालेका छन् ।
    २०७१ सालमा संविधानसभाका सदस्य हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि धौलागिरि अस्पतालमा ‘हरि खड्का ट्रमा सेन्टर’ बनाउने सरकारी नीति बनेको थियो ।
    गत आर्थिक बर्षको बजेटमा गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको १० करोड बजेट मध्येबाट सा“ढे सात करोड रुपैया“मा सिटि स्यान मेसिन ल्याइयो । त्यस बाहेक दक्ष चिकित्सक, ट्रमाकालागि अन्य उपकरण तथा सामाग्री खरिद गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रबिरंजन प्रधानले बताए ।
    आर्थिक बर्ष २०७६÷०७७ मा ट्रमा सेन्टरका लागि गण्डकी प्रदेशको ५० लाख बजेट बिनियोजन गरेको थियो । उक्त बजेटले केही उपकरण खरिद गरेर राखिएको थियो । सिटि स्याक्न जडान गरेपनि अझै दक्ष रेडियोलोजिष्टको अभाव छ । हाल डा. जिम्मी गुरुङमात्र रेडियोलोजिष्टमा कार्यरत छन् । कम्तिमा दुइजना रेडियोग्राफर आबस्यक पर्ने प्रधानले बताए । त्यसका लागि व्यवस्थापन समिति र मन्त्रालयले चासो राख्नुपर्ने उनले सुझाव दिए ।
    ‘निर्माणाधिन सी ब्लक पुरा नहु“दा ट्रमा सेन्टर संचालनमा ढीलाई भएको हो’ अस्पताल व्यवस्थापन समितिकी सदस्य लक्ष्मी जिसी कार्कीले भनिन् ‘अहिले युनिटको रुपमा मात्र संचालित छ ।’ अस्पतालमा २ सय सैया बनाउने लक्ष पुरा भएपछि मात्र सेन्टरको रुपमा काम संचालन हुने उनले बताइन् । हाल ४ वटा मात्र आइसियु भएकोले ट्रमा सेन्टरकालागि पर्याप्त नभएको हो । अन्य अपरेशन सेवाका बिरामीसमेत राख्नुपर्ने हु“दा कम्तिमा १० बेड आइसियु संचालन गर्न सकेमा मात्र ट्रमा सेन्टरको अबधारणा पनि पुरा हुने कार्कीको भनाइ छ ।
    त्यसबाहेक डी र ई ब्लक बनाउने अस्पतालको लक्ष छ । ‘राजमार्गमा हुने सडक दुर्घटनाले चोटपटकका बिरामीको संख्या बढीरहेको छ’ अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. अमित ढुंगानाले भने, ‘दुइ सर्जन डाक्टर कार्यरत हु“दा ट्रमाबाट नियमित उपचार संभव छ ।’ उपचार मात्र नभइ राख्ने सुविधासम्पन्न कोठा र उपचार पद्दती प्रभावकारी हुनुपर्ने उनले बताए ।
    बागलुङ नगरपालिकाले पनि चालुबर्ष अस्पताल व्यवस्थापनका लागि २० लाख रुपैया“ बिनियोजन गरेको छ । हाल निर्माणाधिन अस्पतालको सी ब्लकमा ‘हरि खड्का ट्रमा सेन्टर’ राख्ने तयारी भैरहेको बेला नगरपालिकाले पनि साथ दिएको हो । ट्रमा सेन्टर चलाउन स्वास्थ्य मन्त्रालयले ओएनएम सर्भे गरेर दरबन्दी, उपकरण र प्रविधिबारे प्रतिवेदन दिएपछि मात्र पूर्ण रुपमा संचालन हुने कानूनी व्यवस्था छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend