८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

२२ वर्षदेखि बन्द मिसन अस्पताल सञ्चालनको तयारी


जनमञ्च संवाददाता
  • ४ मंसिर २०८० , सोमबार

  • २२ वर्षदेखि बन्द मिसन अस्पताल सञ्चालनको तयारी

    पर्वत, ४ मंसिर– जिल्लाको हुवासस्थित बन्द रहेको मिसन अस्पताल पुनः सञ्चालन गर्न तीव्र रूपमा तयारी भएको छ । विगत २२ वर्षदेखि बन्द रहेको यो अस्पताल पुनः सञ्चालनको वातावरण तयार गर्न काठमाडौंस्थित देउराली फाउन्डेसनले काम गर्न थालेको हो ।
    स्थानीय सरोकारवाला व्यक्ति, सङ्घ, संस्था र स्थानीय सरकारसँग समेत गरिएको पटक पटकको छलफलपछि देउराली फाउन्डेसनले अस्पताल सञ्चालनका लागि प्रारम्भिक काम सुरु गरिएको हो ।
    अस्पतालको जग्गा, भवन र अन्य भौतिक सम्पत्तिको सुरक्षाका लागि अस्पताल परिसरमा तारजाली लगाई गेट निर्माण गर्नुपर्ने ठहर गरेसँगै परिसरमा तारजाली लगाई गेट हाल्ने र सेफ्टी ट्यांकी बनाइएको फाउन्डेसनका अध्यक्ष भीम घिमिरेले बताए ।
    दोस्रो चरणअन्तर्गत भवनहरूको मर्मत, रंगरोगन, विद्युतीकरण र प्लम्बिङ सम्बन्धी काम पनि सुरु गर्न लागिएको घिमिरेले बताए । संस्थाका अध्यक्ष माधव मरासिनीले बन्द रहेको अस्पताल पुनः सञ्चालनको प्रारम्भिक चरणमा जोडिएर परोपकारी काम गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend