९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

ढोरपाटनमा हाइअल्टिच्युट तेक्वान्दो सेमिनार हुने


जनमञ्च संवाददाता
  • ५ मंसिर २०८० , मंगलबार

  • ढोरपाटनमा हाइअल्टिच्युट तेक्वान्दो सेमिनार हुने

    बागलुङ, ५ मंसिर– गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजनामा प्रथम ढोरपाटन हाइ अल्टिच्युट तेक्वान्दो सेमिनार हुने भएको छ । ढोरपाटन उपत्यकाको ३ हजार मीटर उचाइ र जलजलामा पुगेर मंसिर ८ र ९ गते सेमिनार गर्न लागिएको आयोजकले बताए ।
    सोमबार पत्रकार सम्मेलन गरेर आयोजकले उक्त जानकारी दिएको हो । ढोरपाटनमा आन्तरिक तथा बाह्रय पर्यटक भित्राउने काममा साथ दिने र पर्यटकीय प्रर्वद्धन गर्ने लक्षले सेमिनार आयोजना गरिएको संघका सचिव प्रतिक घर्तीले बताए ।
    सेमिनारमा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका पदाधिकारी, बिभिन्न जिल्लाका संघका पदाधिकारी, खेलाडीसहित ४ सय जना सहभागि हुने बताइएको छ । महासंघका महासचिव घमबहादुर थापामगरको अध्यक्षतामा सेमिनार मुल आयोजक समिति गठन गरिएको छ ।
    सेमिनारका लागि नेपालकै उत्कृष्ठ प्रशिक्षकहरुको सहभागिता हुनेछ । तेक्वान्दोको प्रशिक्षक कसरी बन्ने ? खेलका प्राविधिक बिषयको ज्ञान कसरी राख्ने लगायतका बिषयमा सेमिनारमा छलफल हुने संघका उपाध्यक्ष आकासचन्द्र घर्तीले जानकारी दिए ।
    सेमिनारका लागि ८ लाख खर्च हुने अनुमान छ । ढोरपाटन नगरपालिकाले सेमिनारमा ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्दता गरेको र बाँकी खर्चका लागि सहयोगीको खोजी भैरहेको आयोजकले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend