८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

देवकुमार नेपालीले भने– ‘सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्छु’


जनमञ्च संवाददाता
  • ५ मंसिर २०८० , मंगलबार

  • देवकुमार नेपालीले भने– ‘सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्छु’

    बागलुङ, ५ मंसिर– जिल्लाको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको छ महिनापछि मंगलबार फेसबुकमार्फत सार्वजानिक भएका छन् । तर आफु कुन ठाउँमा रहेको भने उनले बताएका छैनन् ।
    उनले आफ्नो व्यक्तिगत फेसबुकमार्फत मंगलवार बक्तब्य दिदै बचतकर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नुपरेको बताएका छन् । उनले आफ्नो घरमा हतियारसहित ज्यान मार्ने धम्की दिएको र ६ लाख बचत भएकाले करोडौको घर मागेकोले आफु वेपत्ता हुनुपरेको बताएका छन् ।
    संस्थापक अध्यक्षकै हैसियतले वक्तव्य निकालेर जानकारी समेत दिएको भन्दै उनले लाईभमार्फत इमेज सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्ने बताएका छन् । उनले आफ्नो चल अचल सम्पती पुरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफुलाई असहयोग गरेको बताएका छन् । आफु नगरप्रमुख भएर वुर्तिवाङमा बस्दा सहकारीमा समय दिन नसकिएको स्विकार गरेका छन् ।
    उनले इमेज सहकारीमा बचतकर्ताहरुले भनेजस्तो सवै रकम डिपोजिट नभएको समेत बताएका छन् । कर्मचारीहरुले मनोबोली ढंगले ऋण लगानी गरेको वताउदै उनले आफुले मागेको छ महिनासम्म बचत फिर्ता गर्ने समयसम्म केहीले धैर्य गर्न नसेको आरोप लगाएका छन् । उनले सबैलाई बडादशैं, दिपावली, छट लगाएको चाडपर्वको शुभकामना समेत दिएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend