बागलुङ, ८ मंसिर– ग्रेस इन्टरनेशनल बागलुङले मंसिर १० गते एक दिने अन्तराष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । बिशेषगरी पढाइको सन्दर्भमा विदेश जान चाहने युवाहरुको जिज्ञाशा मेटाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको ग्रेस इन्टरनेशनल नेपाल बागलुङ शाखाका प्रमुख ओमकार पौडेलले बताए ।
उक्त कार्यक्रमलाई वैदेशिक शिक्षासँग सम्बन्धीत एड्मिसन डेको रुपमा पनि लिइएको बताइएको छ । सम्मेलनका लागि अष्ट्रेलिया, क्यानडा, बेलायत, न्युजिल्याण्ड, अमेरिका, जापान र दक्षिण कोरियाका प्रतिनिधिसहित ग्रेस इन्टरनेशनल केन्द्रीय कार्यालयका एन्ड्रयु पौडेलसमेत सहभागि हुनेछन् ।
झण्डै ३ सय बिद्यार्थीलाई उनीहरुले वैशिक्षक यात्राको सुरक्षा, शिक्षाको आबस्यकता, त्यसपछिको रोजागारीका अवसर लगायतका बिषयमा जानकारी गराउने छन् ।
बिहिबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराइएको हो । ती देशका विश्व विद्यालयमा नेपालका युवाहरु पढ्न जाने क्रम बढेको छ । पढ्न जाँदा पनि महंगो शुल्क लिने, जागिरको ग्यारेन्टी भन्दै अतिरिक्त रकम लिने प्रवृत्ति हटाउने र बिद्यार्थी आँफैले वास्तविकता बुझेर मात्र जान सक्ने बताउने लक्षले ग्रेसले पढाइ समेत गरिरहेको पौडेलले जानकारी दिए ।
कार्यक्रममा अष्ट्रेलिया तर्फको शिक्षा हेरिरहेका निर्देशक बालकृष्ण लम्सालले बिद्यार्थीको सुरक्षित भविष्य र पलायन हुनबाट रोक्ने काममा पनि ग्रेसले काम गरेको बताए । विदेश जाँदैमा सबै बिद्यार्थी उतै पलायन हुने होइन, काम गर्न नेपाल फर्कन सक्ने वातावरण पनि बनाउने उनले जानकारी दिए ।