बागलुङ, ८ मंसिर– सुर्यज्योती लाईफ इन्स्योरेन्स कम्पनीले आम ग्राहकवर्गको हितलाई मध्यनजर गर्दै नयाँ वीमा योजना सही प्लान संचालनमा ल्याएको छ । जीवन वीमा ईतिहसमा पहिलो मर्जर सफलतापुर्वक सम्पन्न गरी वीमा बजारमा फरक पहिचान बनाउन सफल सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सही प्लान संचालनमा ल्याएको हो ।
धवलागिरीमा आफ्नो बलियो प्रभाव बनाउन सफल सुर्यज्योती लाईफ कम्पनीले वीमा योजना सही प्लानको धवलागिरी रिजनल कार्यलय बागलुङमा शुभारम्भ गरेको धवलागिरी प्रमुख मेघराज खड्काले जानकारी दिए ।
योजना शुभारम्भ कार्यक्रमको इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख राम्जी बरालले उद्घाटन गरेका थिए । ५० जनाभन्दा बढी एजेन्सीहरूको सहभागिता रहेको कार्यक्रममा योजना खरिद गर्ने एजेन्सीहरूलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रम धवलागिरी प्रमुख मेघराज खड्काको अध्यक्षता, कुस्मा शाखा प्रमुख उषा चापागाईको स्वगत र बागलुङ शाखा प्रमुख सञ्जय शर्माको संचालनमा सम्पन्न भएको थियो ।