१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

रंगवेंकटेश्वर मुक्तीनारायण मन्दिरमा सामुहिक महाभोग


जनमञ्च संवाददाता
  • ९ मंसिर २०८० , शनिबार

  • रंगवेंकटेश्वर मुक्तीनारायण मन्दिरमा सामुहिक महाभोग

    बागलुङ, ९ मंसिर– बागलुङको कुँडुलेस्थित रंगवेंकटेश्वर मुक्तीनारायण मन्दिरमा धार्मिक मेला तथा सामुहिक महाभोग सम्पन्न भएको छ ।
    बर्षभरको खेती भित्राइसकेको र नयाँ खेती उपभोगका लागि धार्मिक बिधि अनुसार पूजा गरेर महाभोग लगाइएको बताइएको छ । कात्तिक शुक्ल एकादशीको दिन चर्तुमास पूर्ण भएको र त्यसको भोलीपल्ट नयाँ अन्न खाने चलनलाई सामुहिक रुपमा मनाइएको हो ।
    उक्त अबसरमा सयौं स्थानीय उपस्थित भएर आरती र गोबर्धन पर्वतको पूजा गरेका थिए । चर्तुमासको सामुहिक भोगका लागि ८४ व्याञ्जन तयार पारिएको थियो । धार्मिक रुपमा पूजा आरतीपछि चढाइएको ८४ प्रकारको प्रसाद भोग लगाइएको हो । यो कार्यले समुदायमा सामाजिक सेवाको भावना बनेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए ।
    धार्मिक रुपमा बर्षभरी पूजाआजा गर्न नसकेका, विधि पु¥याउन नसकेकाहरुलाई पनि प्रसाद भोग गरेपछि धर्म मिल्ने उनले बताए । गोर्बधनको पूजा गरेर सामुहिक भोग लगाएपछि बर्षभरी समुदायमा सहकाल आउने जनविश्वास रहेको स्थानीयले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend