बागलुङ, १० मंसिर– आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङको १७ औँ वार्षिक साधारण सभा शनिकार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै सहकारीकी संस्थापक अध्यक्ष तथा पूर्व सांसद मन कुमारी केसीले सहकारी जोगाउन सदस्यकै चासो र योगदान हुनुपर्ने बताइन् । सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउने काममा भने सहकारीका संचालकहरु बढी सक्रिय बन्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा सचिव सरस्वती खड्का परियारले प्रगती प्रतिवेदन, कोषाध्यक्ष शान्ति लक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक अनन्त बहादुर खड्काले प्रस्तुत गरे । कार्यक्रममा आदर्श सञ्चार सहकारीका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमा तरलता व्यवस्थापन, संस्थाले चालेको १० वर्षे रणनीतिक योजना र समसामयिक विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कोषाध्यक्षको प्रतिवेदन अनुसार सहकारीले आर्थिक बर्ष २०७९÷०८० मा ४३ करोड, ३८ लाख २२ हजार रुपैयाँको कारोवार गरेको उल्लेख छ । जसमध्ये ३८ करोड कर्जा लगानी र १५ करोड शेयर लगानी रहेको बताइएको छ । संस्थामा २८ करोड बचत रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा शेयर सदस्यहरु सुर्य महत, विनोद शर्मा, भुपेन्द्र बहादुर कार्की र डम्मर बहादुर बानिय लगायतले बोलेका थिए । साधारणसभामा सर्वोत्कृष्ट कारोबार गर्ने कमल लामिछाने र उत्कृष्ट कारोबार गर्ने कमल प्रसाद श्रेष्ठ, शंकर पाण्डेय, दयाराम पौडेल, कमला महत, गंगा केसी, खिम बहादुर केसी, दुर्गा बहादुर क्षत्री, हिरामणी उपाध्याय, सुर्य प्रसाद चापागाई, गीता खड्का, लिला खत्री, कृपा नकर्मी, चन्द्र बहादुर क्षत्री, जित बहादुर खड्का, शशिधर भट्टराई, भुपेन्द्र केसी, भिमकला शर्मा, कृष्ण श्रेष्ठ, डिल बहादुर कार्की र राजेश जिसी सम्मानित भए । कार्यक्रममा २७ जेष्ठ शेयर सदस्यहरुलाई दुई हजार ४०० का दरले पेन्सन र १२ अपाङ्गता भएका शेयर सदस्यहरुलाई जनही एक हजार अपाङ्गता प्रोत्साहन रकम गरिएको थियो ।