२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

सिर्जनशील पत्रकारिता पुरस्कार पर्वतका सापकोटालाई


जनमञ्च संवाददाता
  • १० मंसिर २०८० , आइतबार

  • सिर्जनशील पत्रकारिता पुरस्कार पर्वतका सापकोटालाई

    बागलुङ १० मंसिर– सिर्जनशील पत्रकारिता पुरस्कारबाट पर्वतका पत्रकार लक्ष्मीप्रसाद सापकोटा पुरस्कृत भएका छन् । आदर्श सञ्चार सहकारी संस्थाका सह–सम्पादक सिर्जना पन्त र पत्रकार सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजारसहित सापकोटालाई पुरस्कृत गरिएको हो ।
    सहकारीको १७ औं वार्षिक साधारणसभाका अवसरमा सिापकोटालाई पुरस्कार प्रदान गरिएको हो । डेढ दशकदेखि पर्वतबाट पत्रकारितामा सक्रिय सापकोटाले रासससँगै अन्य राष्ट्रिय र स्थानीय सञ्चार माध्यममा काम गर्दै आएका छन् ।
    समाजमा विद्यमान भड्कीलो विवाहविरुद्ध पत्रकारद्वय पन्त र क्षेत्रीले प्रगतिशील विवाह गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्च कटाएर १ लाखको सहकारीमा अक्षय कोष स्थापना गरेका छन् । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष क्रियाशील पत्रकारलाई पुरस्कृत गरिँदै आइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend