८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मातृभुमि सहकारीको १५ औँ साधारणसभा


जनमञ्च संवाददाता
  • १० मंसिर २०८० , आइतबार

  • मातृभुमि सहकारीको १५ औँ साधारणसभा

    बागलुङ, १० मंसिर– मातृभुमि बहुउदेश्यीय सहकारीको १५ औँ साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सहकारीका समस्यालाई आन्तरिक रुपमा अध्ययन गरेर समाधान गर्नुपर्ने बताए ।
    सो अवसरमा सहकारीका सल्लाहकार तथा धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्याय, सल्लाहकार तथा म्याग्दी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त, सल्लाहकार भवनराज बराल, सेयर सदस्य तथा म्याग्दी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख टिकाराम सापकोटा र पत्रकार कोपिला कँडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहकारी संस्थाका सचिव रामप्रसाद शर्माले प्रगति प्रतिबेदन, कोषाध्यक्ष हरिप्रसाद आचार्यले आर्थिक प्रतिबेदन र लेखा सुपरिबेक्षण समितिका सदस्य होमनाथ ढकालले प्रस्तुत गरेको लेखा सुपरिबेक्षणको प्रतिबेदन पारित भएका छन् ।
    कार्यक्रममा ७० बर्ष पुरा भएका १५ जना जेष्ठ सेयर सदस्यलाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारी नविना थापा, कारोबारी रामप्रसाद आचार्य, बचतकर्ता देबेन्द्र प्रसाद शर्मा, ऋण्ीा शुलभ केसी, टेकबहादुर थापा, बचतकर्ता बिदेश कुमार श्रेष्ठ, शेयर जमानत मना शर्मालाई सम्मान गरिएको थियो ।
    यस्तै, बालअवधितर्फ आराध्या अर्याल, आस्था अर्याल, दिर्घकालिन बचतकर्ता गिता अर्याल, बाल बचतकर्ता सुसिल चौधरी, सुमित चौधरी र सुजित चौधरी, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने मेधना शर्मा र सम्पदा आचार्यलाई पुरस्कृत गरिएको थियो ।
    कार्यक्रम सहकारीका अध्यक्ष गुणराज पौड्यालको अध्यक्षता, उपाध्यक्ष केदारनाथ पौडेलको स्वागत र सचिव रामप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend