२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

ग्रेस इन्टरनेशनलको ‘एडमिसन डे’


जनमञ्च संवाददाता
  • ११ मंसिर २०८० , सोमबार

  • ग्रेस इन्टरनेशनलको ‘एडमिसन डे’

    बागलुङ, ११ मंसिर– ग्रेस इन्टरनेशनल बागलुङले आइतबार शैक्षिक मेला तथा ‘एड्मिसन डे’ सम्पन्न गरेको छ । अष्ट्रेलिया, क्यानडा, बेलायत, न्युजिल्याण्ड, अमेरिका, जापान र दक्षिण कोरियामा अध्ययन गर्न जाने बिद्यार्थीलाई लक्षित गरेर बिज्ञ तथा जानकारहरुसँगको भेटघाट गर्न मेला आयोजना गरेको हो ।
    बैदेशिक शिक्षा सम्बन्धी ज्ञान अभावमा पढ्न जाने बिद्यार्थी अलपत्र नपरुन भनेर यस्तो कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय ती देशमा अध्ययन गर्न जाने बिद्यार्थीको संख्या बढेको छ । अध्ययन गर्न जाने बिद्यार्थीले वास्तविकता बुझ्न नसकेमा महंगोमा पर्ने, कतिपयले बिद्यार्थीलाई अनावस्यक झन्झट र धेरै खर्च गराइदिने भएकोले ग्रेस इन्टरनेशनलले आवस्यक परामर्श सहितको मेला आयोजना गरेको संस्थाका प्रमुख ओमकार पौडेलले जानकारी दिए ।
    सम्बन्धित देशका क्याम्पस तथा विश्वविद्यालयका र ग्रेस इन्टरनेशनलको केन्द्रीय कार्यालयका प्रतिनिधि आएर बिद्यार्थीलाई अध्ययनको क्रममा आउन सक्ने समस्याबारे अन्तरक्रिया गरेका थिए । उनीहरुले सहज रुपमा अध्ययन गर्न जाने र भोलीका दिनमा काम गर्न सकिने क्षेत्र, रोजगारीका अबसर बारेमा जानकारी गराइएको हो ।
    झण्डै ३ सय बिद्यार्थीका लागि आबस्यक सुझाव र जानकारी समेत दिइएको बताइएको छ । ग्रेस इन्टरनेशनलले पछिल्लो १७ बर्षमा देशभरबाट झण्डै ३ हजार भन्दा धेरै बिद्यार्थीलाई बिदेशमा अध्ययन गर्न पठाएको छ । त्यसपछि फर्केका बिद्यार्थीले नेपालमा पनि राम्रो आयआर्जनको काम गरेका तथा व्यवसाय गरेको पौडेलले जानकारी दिए । कक्षा १२ वा स्नातक उत्तिर्ण बिद्यार्थीहरुले ती देशमा उच्च शिक्षा अध्ययन गर्न जाने गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend