बागलुङ, १६ मंसिर– औषधि व्यवसायी संघ बागलुङको दोश्रो अधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेसनले खगेश्वर पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद सापकोटा छन् ।
समितिको उपाध्यक्षमा थोकतर्फ शिशिर पौडेल र खुद्रातर्फ चन्द्ररेग्मी चयन भएका छन् । महासचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नारायण गौतम र सचिवमा दिनेश जिसी छन् । उपकोषाध्यक्षमा निर्मला पौडेल, सदस्यमा बाबुराम केसी, इश्वरी गौतम उपाध्याय र दिपेन्द्र पुन चयन भएका हुन् । अधिवेसनको उद्घाटन केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवालले गरेका थिए । जिल्लाभर ७४ औषधि व्यवसायी छन् ।