८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

राष्ट्रसेवक सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा


जनमञ्च संवाददाता
  • १६ मंसिर २०८० , शनिबार

  • राष्ट्रसेवक सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा

    बागलुङ, १६ मंसिर– राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था बागलुङको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
    संस्थाको साधारणसभाले आगामी ४ वर्षका लागि ११ सदस्य रहेको नयाँ संचालक समिति गठन गरेको छ । समितिको अध्यक्षमा कृष्णप्रसाद आचार्य रहेका छन् । उपाध्यक्षमा सरस्वतीदेवी रेग्मी, सचिवमा सोमराज पाण्डेय र कोषाध्यक्षमा माधव प्रसाद शर्मा रहेका छन् । समितीको सदस्यमा हरिराज गौतम, नहकुल शर्मा, शशिधर शर्मा, टिकादेवी शर्मा, दिपा शर्मा सापकोटा, भूमिराज शर्मा र उषा सुवेदी रहेका छ् ।
    साधारणसभाले लेखा अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजकमा नारायणप्रसाद पौडेल र सदस्यमा रामचन्द्र शर्मा र महानन्द शर्मालाई चयन गरेको छ । साधारण सभामा सचिव सोमराज पाण्डेयले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गुप्तबहादुर कार्कीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
    कार्यक्रमको उद्घाटन गर्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष रेवन्त गौतमले कर्मचारीबाट खुलेको सहकारी पारदर्शी बन्नुपर्ने सुझाव दिए । सहकारीप्रति हेर्ने दृष्टीकोण बद्लिएको समयमा सहकारीले इमान्दार काम गरेर देखाउनुपर्ने पनि बताए ।
    कार्यक्रममा संगठनका गण्डकी प्रदेश समितिका महासचिव रामचन्द्र पहारी, पर्वतका अध्यक्ष धनबहादुर कुँवरे बोलेका थिए । संस्थाका अध्यक्ष कृष्णराज गौतमको अध्यक्षता, उपाध्यक्ष काशीराम शर्माको स्वागत र सचिव सोमराज पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend