बागलुङ, १६ मंसिर– प्रगति बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको अध्यक्षमा पुनः कृष्ण प्रसाद पौडेल कुमार सर्वसम्मत निर्वाचित भएका छज् । संस्थाको बागलुङ बजारमा सम्पन्न १७ औँ साधारणसभाले पौडेलको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र महादेव सापकोटाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्वत निर्वाचित गरेको हो ।
संचालक समितिको उपाध्यक्षमा तोयानाथ गौतम, सचिवमा बालकृष्ण शर्मा, सहसचिवमा नारायणदत्त रेग्मी र कोषाध्यक्षमा लक्ष्मीप्रसाद पौडेल रहेका छन्् भने सदस्यहरुमा विजयराज पन्त, बिष्णुप्रसाद शर्मा, विष्णुनाथ गौतम, गंगादेवी शर्मा, हुमादेवी खड्का र रञ्जिता शर्मा रहेका छन् ।
सहकारीको लेखा सुपरिवेक्षण समितिको सदस्यमा मुरारी सापकोटा र चन्द्रकली शर्मा रहनु भएको निर्वाचन उपसमिति संयोजक दिपक गौतमले जानकारी दिए । साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंक सञ्चालक रामबहादुर जिसीले गरेका थिए । कार्यक्रममा निर्वाचन उपसमिति संयोजक तथा दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय संचालक दिपक गौतम, सल्लाहकार डा. सुदर्शन शिलवाल, डा. डिल्लीराज गौतम, टिकाराम सापकोटा र राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद गौतमले शुभकामनासहित बधाई मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा उत्कृष्ट कारोबारी, जेष्ठ नागरिक लगायतलाई सम्मान गरिएको कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन सचिव उदयचन्द्र चापागाई र आर्थिक प्रतिवेदन सहसचिव बालकृष्ण शर्माले प्रस्तुत गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल कुमारको अध्यक्षता उपाध्यक्ष तोयानाथ गौतमको स्वागत, निर्वाचन समितिका सदस्य भिम गौतम र सचिव उदयचन्द्र चापागाईको संचालनमा सम्पन्न भएको थियो ।