८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

४ अर्ब सम्पत्ति पुर्याउने सिवाईसीको लक्ष्य


जनमञ्च संवाददाता
  • १७ मंसिर २०८० , आइतबार

  • ४ अर्ब सम्पत्ति पुर्याउने सिवाईसीको लक्ष्य

    बागलुङ, १७ मंसिर– साताव्यापी अभियानसँगै सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
    सहकारीको अध्यक्षमा चण्डीप्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन् । सहकारीको सचिवमा जयराम भारी सहितका पदाधिकारी निर्विरोध भएका छन् । उनीहरुको पदस्थापन पनि भएको छ ।
    शनिबार साधारणसभाको निर्णय प्रमाणिकरणसहित सबै कार्यक्रमहरु सम्पन्न भएका हुन् । निर्णय प्रमाणिकरण कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सहकारीलाई हेर्ने दृष्टीकोण नकारात्मक भैरहेको बेला सिवाइसीले आम नागरिकको चाहनाअनुसार काम गर्नुपर्ने बताए । उनले सहकारीहरु जनताको सुखदुःखका साथी हुन भन्ने देखाउन सक्नुपर्ने पनि बताए ।
    कार्यक्रममा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, जिल्ला समन्वय समितिका सदस्य हर्कबहादुर पाण्डे, बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी, सल्लाहकार सिता शर्मा, परामर्शदाता इन्द्रराज पौडेल, एकता सहकारीका पूर्व अध्यक्ष कृष्णशंकर श्रेष्ठ, लेखा समितिका संयोजक पदमपाणी शर्मा, डिमुवा सेवा केन्द्र प्रमुख मिना केसी, उत्कृष्ठ किसान शिवकला खत्री लगायतले मन्तव्य राखेका थिए ।
    हाल सकारीमा २५ हजार ३ सय शेयर सदस्यको १ अर्ब ४५ करोड ९३ लाख शेयरपूजि छ । सहकारीले १० वटा वातावरणमैत्री नमूना गाउँ बनाउने, स्थानीय सरकारको साझेदारीमा लघुउद्यम कार्यक्रम संचालन गर्ने, १ हजार महिला स्वयंसेविकामा पुग्ने, सेवा केन्द्र बिस्तार गरेर ५० प्रतिशत सदस्यमा डिजिटल सेवा पु¥याउने लक्ष राखिएको सहकारीका कार्यकारी प्रमुख नवराज शर्माले बताए ।
    १० हजार सदस्यलाई सहकारी शिक्षा दिने, १० हजार बाल बचत पु¥याउने, शेयर सदस्य ३० हजार बनाउने हाल रहेको २ अर्ब ४ करोड सम्पत्तिलाई ४ अर्ब पु¥याउने समेत सहकारीको लक्ष छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend