बागलुङ, १८ मंसिर– बागलुङ हस्तकला संघको आयोजनामा आईतबारदेखी बुट्टेनली सम्बन्धी २० दिने तालिम शुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै संघका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाले बुट्टेनली बागलुङको पहिचान भएकोले यसको संरक्षण र प्रर्वद्धन हुनुपर्ने बताए । तालिममार्फत बुट्टेनली निर्माण कार्यलाई व्यावसायीकरण गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा बिद्यामन्दिर माबि ब्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य, प्रधानाध्यापक छविरमण रेग्मी, कालीगण्डकी बोर्डिङ स्कुलका भाइस प्रिन्सीपल सुरेन्द्र शाक्य, तालिमका प्रशिक्षक बसन्त राजभण्डारी, बानपा ३ का वडा सदस्य पबित्रा सुनार र तालिमका सहभागी रेखा थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ हस्तकला संघका अध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष सबिना राजभण्डारीको स्वागत र सचिव सम्झना राजभण्डारीको संचालनमा उद्घाटन कार्यक्रम सम्मपन्न भएको थियो । तालिम २० दिनसम्म संचालन हुनेछ ।