बागलुङ, २२ मंसिर– रुद्रेपिपल माबिका पूर्व बिद्यार्थीले बिद्यालयमा ४ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । बानपा–१ रामरेखाका इन्जिनियर देवेन्द्रबहादुर हमाल र पत्नि पुनम हमाल तथा मेजर सोभितबहादुर हमाल र पत्नि यशोधाकुमारी हमालले उक्त कोष स्थानपा गरिदिएका हुन् । स्वर्गिय बाबु दुर्गाबहादुर हमाल र आमा बेदकुमारी हमालको स्मृतिमा उनीहरुले कोष स्थापना गरेको बताए ।
बिहिबार आयोजित एक कार्यक्रममा हमाल परिवारले कोष स्थापनाको घोषणा गरेको बिद्यालयका प्रधानाध्यापक राजेश श्रेष्ठले बताए । उक्त कोषबाट कक्षा ६ देखि १० सम्मका जेहेन्दार तथा बिपन्न बालबालिका मध्येबाट छात्रतर्फ ३ र छात्रातर्फ ३ गरी ६ जना बिद्यार्थीलाई छात्रवृत्ति दिइने छ ।
साथै, रुद्रेपिपल माबिका बिद्यार्थीले एसईईमा जिल्लाकै उत्कृष्ठ भएमा हमाल परिवारले छुट्टै एक लाख रुपैयाँ पुरस्कार दिने समेत घोषणा गरेका छन् । कोषको रकम भने बिहिबारै उनीहरुले बिद्यालयलाई हस्तान्तरण गरे ।
कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहराले कोषका संस्थापकको रुपमा उपस्थित सोभितबहादुर हमाल र यशोधानकुमारी हमाललाई प्रमाणपत्र हस्तान्तरण गरे । बिद्यालयले पुरस्कार बितरणका लािग कार्यविधि समेत बनाइसकेको छ । उक्त कोषलाई चालुबर्षबाटै संचालनमा ल्याइने प्रअ श्रेष्ठले जानकारी दिए । घोषणा कार्यक्रममा संस्थापकहरुले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षक प्रकाश आचार्यले गरेका थिए ।