११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

‘गृहणी महिलाहरु सबैभन्दा धेरै हिंसाको मारमा’


जनमञ्च संवाददाता
  • २३ मंसिर २०८० , शनिबार

  • ‘गृहणी महिलाहरु सबैभन्दा धेरै हिंसाको मारमा’

    बागलुङ, २३ मंसिर– घर भित्रको काम गर्ने गृहणी महिलाहरु सबैभन्दा धेरै हिंसाको मारमा पर्ने गरेको सरोकारवालाले बताएका छन् ।
    गृहणीहरुले आफ्नो पीडा समेत पोख्न नसक्ने उनीहरुले बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर गृह श्रमिकसँगको अन्तरक्रियामा उक्त कुरा खुलेको हो । कार्यक्रमका अगुवाहरुले गृहीणीको समस्या पनि सुन्नुपर्ने बेला आएको बताए । नेपाल गृह श्रमिक संघको आयोजना र नेपाल ट्रेड युनियन काँग्रेसको समन्वयमा लैङ्गिक हिंसाविरुद्ध गृह श्रमिकलाई शुक्रवार एक दिने प्रशिक्षण सहित अन्तरक्रिया आयोजना गरिएको थियो ।
    कार्यक्रममा बोल्दै काँग्रेस गण्डकी प्रदेशका सदस्य एवं ट्रेड युनियन तथा श्रम विभाका संयोजक सकुन्तला शर्माले सदियौंदेखि लिङ्गको आधारमा विभेद हुने कुरा सामान्य भएपनि गृहणीहरु हिंसाको बढी मारमा परेको बताइन् ।
    ‘बाहिरी दुनियाँमा धेरै ध्यान नदिने र घरभित्रै बस्ने भएकाले उनीहरुले हिंसाबारे जानेका छैनन्’ उनले भनिन्, ‘उनीहरुले समस्या बताउन सकेका छैनन् ।’ उनले समानता र समविकासका लागि महिलाहरु जागरुक हुनुपर्ने बताईन् ।
    कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष लालीमाया रेग्मी, ट्रेड युनियन काँग्रेस संघीय प्रतिनिधि एवं काँग्रेस महासमिति सदस्य उमाकान्त पौडेल, नेपाल ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष ईश्वरठाकुर पौडेल, नेपाली काँग्रेस जिल्ला सदस्य पार्वती शर्मा, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगर, नेपाल शिक्षक संघका संघीय प्रतिनिधि हुमा रिजाल लगायतले मन्तव्य राखेका थिए ।
    कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवं ट्रेड युनियन तथा श्रम विभागका संयोजक सकुन्तला शर्मा, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष लालीमाया रेग्मी र नेपाल ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष ईश्वरठाकुर पौडेलले लैङ्गिक विभेद र ट्रेड युनियन अधिकारका बारेमा प्रशिक्षण दिएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend