२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

लैंगिक हिंसाबारे सडक नाटक प्रदर्शन


जनमञ्च संवाददाता
  • २५ मंसिर २०८० , सोमबार

  • लैंगिक हिंसाबारे सडक नाटक प्रदर्शन

    बागलुङ, २५ मंसिर– लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन आइतबार काठेखोला गाउँपालिकाले विद्यालय स्तरीय सडक नाटक प्रतियोगिता सम्पन्न गरेको छ । नाटक मार्फत विद्यार्थि र समुदायस्तरमा सचेतना अभिबृद्धिका लागि विद्यालय स्तरीय सडक नाटक प्रतियोगिता आयोजना गरिएको हो ।
    गाउँपालिकाका ८ विद्यालयको सहभागिता रहेको प्रतियोगितमा गुराँस बोर्डिङ स्कुल बिहुँ प्रथम भएको छ । सम्पन्न परिवारभित्र हुने हिंसाको बिषयबस्तुमा नाटक प्रस्तुत गरेको बिद्यालयले शिक्षित समुदायमा समेत हिंसाका घटना हुने गरेको सन्देश नाटक प्रमार्फत प्रस्तुत गरेको थियो ।
    प्रतियोगितामा भिमसेन माध्यमिक बिद्यालय बिहुँ दोस्रो, धारा माध्यमिक विद्यालय तंग्राम तेस्रो र अमर माध्यमिक विद्यालय सन्त्वना भए । प्रतियोगितामा विद्यार्थी कलाकारहरुले हिंसाका बिभिन्न घटनाको काल्पनीक परिदृष्य प्रस्तुत गरेका थिए ।
    प्रतियोगिता तथा अभियानको समापन गर्दै गाउँपालिकाका अध्यक्ष राजु थापाले लैंगिक हिंसा समाजको कलंकको रुपमा रहेको बताए । उनले गाउँपालिकाभित्र हुने हिंसाका घटनामा सुन्य सहनशिलता अपनाउने प्रतिबद्धता थापाले जनाए । गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा तिलकले गाउँपालिकाले सञ्चालन गर्ने हरेक अभियान नागरिक मैत्री बनाईने बताए ।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, वडा अध्यक्ष प्रेम लामिछाने, समाजसेवी ज्ञानु श्रीस शर्मा, बिवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्मा, धारा माविकी प्रधानाध्यापक कमला थापा लगायतले बोलेका थिए । स्थानीय महिला समन्वय समितिका संयोजक सुन्तली बिकको अध्यक्षता, स्थानीय दलित महिला समन्वय समितिका संयोजक पूर्णमायाँ बिकको स्वागत र सामाविक विकास शाखा प्रमुख रश्मी गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend