११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

शिक्षाको गुणस्तर सुधार्न बिद्यालय क्षेत्रलाई बर्गिकरण गर्ने नीति : मुख्यमन्त्री पाण्डे


जनमञ्च संवाददाता
  • १ पौस २०८० , आइतबार

  • शिक्षाको गुणस्तर सुधार्न बिद्यालय क्षेत्रलाई बर्गिकरण गर्ने नीति : मुख्यमन्त्री पाण्डे

    बागलुङ, १ पौष– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको गुणस्तर सुधार्न बिद्यालय क्षेत्रलाई बर्गिकरण गर्ने नीति ल्याएको बताए । त्यसका लागि बिद्यार्थीको शिक्षा र स्वास्थ्यलाई समेत ध्यान दिने उनले बताए ।
    बागलुङको गलकोट नगरपालिका–१० को पाण्डवखानी माबिको हिरक महोत्सव तथा ६२ औं वार्षिकोत्सव उद्घाटन गर्दै उनले आगामी शैक्षिक बर्षदेखिनै नमूनाको काम शुरु भैसकेको बताए । ‘ठूला बिद्यालयलाई लिड बिद्यालयको रुपमा विकास गर्ने, छरिएको बस्तीमा रेसिडेन्सियल बिद्यालय बनाउने योजना छ’ पाण्डेले भने, ‘दुरदराजको बिद्यार्थीले गुणस्तरीय शिक्षा पाउनुपर्छ ।’ उनले यो अभियानका लागि बिद्यालयको बर्गिकरण गरेर पढाइ संचालनका व्यवस्थापन शुरु भैसकेको बताए ।
    गलकोट, बुर्तिवाङजस्ता सहर उन्मुख क्षेत्रमा लिड बिद्यालय बनाउने र ग्रामीण क्षेत्रमा आबासिय बिद्यालय बनाएर धेरै बिद्यार्थीले बसेर पढ्ने अबसर सिर्जना गर्न प्रदेश सरकार तयार रहेको उनले बताए ।
    सबै जिल्लामा देखिने गरी त्यस्ता प्रकारका बिद्यालय बनाउने उनले बताए । पाण्डेले हरेक बिद्यालयमा कम्तिमा एकजना नर्स सहितको व्यवस्था गर्ने पनि बताए । नमूनाको रुपमा कतिपय जिल्लामा यस्ता काम शुरु भैसकेको उनको भनाइ छ । बागलुङमा पनि ५ वटा बिद्यालयमा यो अभियान शुरु भैसकेको हो ।
    उनले पूर्वाधारतर्पm पनि बजेट छरिदा विकासले गति लिन नसकेको बताए । उनले बजेट नभएर काम ठप्प भएका सडकमा तत्काल काम संचालनको बाटो खोल्ने उनले घोषणा गरे । बागलुङमा मात्रै रणनीतिक सडकअन्र्तगत गलकोट पाण्डवखानी, सिगाना बरेङ लगायतका केही सडक अलपत्र छन् ।
    पाण्डवखानी माबिले गाउँमै प्राविधिक शिक्षा संचालन गर्न हिरक महोत्सवको अबसरमा आर्थिक संकलन गरेको प्रअ नरबहादुर सुनारले बताए । अभियानअन्र्तगत शनिवार सम्म ३ करोड १८ लाख रुपैयाँ संकलन भैसकेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend