८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मंसिरमा कालीका मन्दिरको कमाइ ३६ लाख


जनमञ्च संवाददाता
  • ३ पौस २०८० , मंगलबार

  • मंसिरमा कालीका मन्दिरको कमाइ ३६ लाख

    बागलुङ, ३ पुस– बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले मंसिर महिनाको आय–व्यय सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मंसिर महिनामा ३६ लाख ६६ हजार रुपैयाँ आम्दानी भएको हो ।
    मंसिर महिनामा १४ लाख ५१ हजार खर्च गरेर २२ लाख १५ हजार रुपैयाँ बचत भएको गुठीले जनाएको छ । मंसिरमा कर्मचारी तलबका लागि ३ लाख ८ हजार, अतिथि सत्कारमा ७९ हजार, पूर्वाधारमा ५ लाख १६ हजार, फर्निचर खरिदमा १ लाख ७१ हजार रुपैयाँ खर्चेको खड्काले जानकारी दिए ।
    त्यस्तै, कुल आम्दानीतर्फ भेटी मात्रै १९ लाख ३१ हजार संकलन भएको छ भने चालम बिक्रीबाट ११ हजार ४ सय, बोकाबाट १ लाख ३८ हजार, कुखुराबाट ९ हजार ४ सय, राँगाबाट ८ हजार, सटर भाडाको ७ लाख ३४ हजार र आर्थिक सहयोगबाट १ लाख ८ हजार रुपैयाँ आम्दानी भएको छ ।
    गुठीले ब्रतबन्ध लगायतका कार्यक्रमबाट पनि आम्दानी गर्दै आएको छ । गत कात्तिक महिनामा भने गुठीले ४७ लाख बराबरको आम्दानी गरेको थियो । कर्मचारी र कामदार बढी राख्नुपर्दा कात्तिकमा खर्च पनि बढी भएको गुठीको भनाई छ ।
    गुठीले भजन सहितका क्रियाकलापका लागि सत्तल निर्माण गरेको छ भने भक्तपुरका इटा प्रयोग गरेर पुरातात्विक महत्वका भवनहरु निर्माण गरेको छ । पर्यटकीय गन्तव्यको रुपमा विकास भैरहेकोले कालीका मन्दिरमा आउने भक्तजन बढेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend