११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

काठेखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि भीमसेन माविलाई


जनमञ्च संवाददाता
  • ८ पौस २०८० , आइतबार

  • काठेखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि भीमसेन माविलाई

    बागलुङ, ८ पुस– काठेखोला गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भीमसेन माबिले उचालेको छ । शनिबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण र १० रजत पदक जित्दै भिमसेन माविले उपाधि चुमेको हो ।
    ७ स्वर्ण र ११ रतजसहित अमर मावि द्वितीय र ९ स्वर्ण र ६ रजत सहित रेश नुन्थला मावि तृतीय भएको छ । प्रतियोगितामा जनकल्याण मावि भिमापोखराले ७ स्वर्ण, धारा माविले २ स्वर्ण र २ रजत, लेखानी माविले १ स्वर्ण र २ रजत, लक्ष्मी मावि धम्जाले १ स्वर्ण र ३ रजत, जनता मावि धम्जाले २ रजत पदक जितेका छन् । नारायणी माविले एक रजत, धिमी करिनाले दुई रजत र लालीगुराँस बोर्डिङले ५ स्वर्ण र २ रजत जित्न सफल भएका छन् ।
    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय विद्यालयलाई काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा तिलक, प्रमुख प्रशासकिय अधिकृत खगराज गौतम, गाउँपालिकाका प्रवक्ता टीका संगम विक लगायतले पुरस्कार प्रदान गरेका थिए ।
    यसअघि शुक्रबार प्रतियोगिताको उद्घाटन गर्दै पालिकाका अध्यक्ष राजु थापाले खेलकुदले विद्यार्थीहरुलाई शारीरिक व्यायामसँगै अनुशासन सिकाउने बताए । उनले विद्यार्थीलाई अध्ययनका साथै खेलकुदमा लगाउँदा आत्मियता र प्रतिस्पर्धाको भावना सिर्जना गर्ने बताए ।
    उद्घाटन कार्यक्रममा उपाध्यक्ष तेजबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, वडा नम्बर ५ का वडाअध्यक्ष ज्ञामनाथ कंडेल र अमर माविका प्रधानाध्यापक भिष्म कंडेल लगायतले बोलेका थिए । कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिकासंगम विकको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको संचालन सहायक प्रशासकीय अधिकृत मनोज कार्कीले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend