८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कमर्शियल सहकारीको १७ औं साधारणसभा सम्पन्न


जनमञ्च संवाददाता
  • ९ पौस २०८० , सोमबार

  • कमर्शियल सहकारीको १७ औं साधारणसभा सम्पन्न

    बागलुङ, ९ पुस– कमर्शियल बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभाले चौथो पञ्चबर्षिय रणनीतिक योजना पास गरेको छ ।
    सहकारीले निरन्तर पञ्चबर्षिय योजना र लक्ष राखेर काम गरेको अध्यक्ष हिरामणी शर्माले बताए । ५ बर्षको योजना र लक्ष राख्दा सहकारीले दिगो रुपमा काम गर्ने र शेयर सदस्य तथा बचतकर्ताको रकमको दिगो लगानी हुने अवस्था आएको उनले जानकाी दिए ।
    कार्यक्रममा संस्थाका सल्लाहकार केवी राना मगरले दिगो सोच राखेर काम गरेकोले निरन्तर नाफा कमाउन सकेकोमा सहकारीको प्रशंसा गरे । केही सहकारीले बचतकर्ताको करोडौं रकम हिनामिना पारेको घटना अघि कमर्शियलले नाफा कमाएर शेयर सदस्यलाई बाँड्न सक्नु ठूलो कुरा हो । साथै ९० बढी कारोवार गर्नेलाई सहकारीले सम्मान समेत गरेको थियो ।
    सहकारीले हाल भएको बाल बचत ५० जनाबाट बढाएर २ सय जना बनाउने, दिर्घकालिन बचत संख्या २ सयबाट बढाएर ८ सय पु¥याउने लक्ष राखेको छ । लगानीमा रहेको कर्जा असुलीमा जोड दिने, संस्थामा आवस्यक पर्ने तरलता निरन्तर कायम राख्ने लक्ष राखेको हो । हाल ८ सय ५३ जना शेयर सदस्य रहेको सहकारीमा २३ करोड ५७ लाखको कारोवार भएको छ ।
    संस्थाका अध्यक्ष हिरामणी शर्माको अध्यक्षता, सचिव टेकबहादुर आरसीको संचालन र उपाध्यक्ष चक्रबहादुर खड्काको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका सहकारी शाखा प्रमुख प्रेमप्रसाद पौडेल, अधिवक्ता हरिकृष्ण सुवेदी, जिल्ला सहकारी संघका उपाध्यक्ष पिंगला जिसी, शेयर सदस्यहरु टेकबहादुर क्षेत्री र दुर्गा शर्माले शुभकामना मन्तव्य राखेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend