११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

बागलुङ महोत्सव शुरु (फोटोफिचरसहित)


जनमञ्च संवाददाता
  • ११ पौस २०८० , बुधबार

  • बागलुङ महोत्सव शुरु (फोटोफिचरसहित)
    unsf]6, !! k'; M /fi6«klt kf}8]n –;Daf]wg /fi6«klt /fdrGb| kf}8]n a'waf/ ;ftf}F afun'ª dxf]T;j ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/M v]d/fh uf}td÷/f;;

    योगशजंग खड्का/दिवाकर चापागाईं
    बागलुङ, ११ पुस– कला संस्कृति र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उदेश्यले बागलुङ उद्योग बाणिज्य संघद्वारा आयोजित सातौं बागलुङ महोत्सव बुधबारदेखि शुरु भएको छ । महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेल गरेका छन् ।
    राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक विकास गर्ने र समृद्द देश बनाउने अभियानमा सरकारी, नीजि र समुदायको भूमिका महत्वपूर्ण हुने बताएका छन् । पौडेलले स्थानीय परंपरा, घरेलु तथा साना उद्योगको प्रवद्र्धनबाटै नेपालमा समृद्धि आउने पनि बताए ।
    राष्ट्रपति पौडेलले बिकास सँगै हिमाल जोगाउनुपर्नेमा जोड दिए । वातावरण संरक्षण सहितको बिकास मात्र दिगो हुने भन्दै पौडेलले हिमाल नरहेमा भविष्य पनि खतरा हुने संकेत गरेका थिए ।
    सुस्ताइरहेको व्यवसायलाई बढाउने लक्षले बागलुङ उद्योग बाणिज्य संघले महोत्सव गरेको हो । महोत्सवको लागि बागलुङ बजार दुलहीझै सिंगारिएको छ । धौलागिरी बहुमुखी क्याम्पस प्राङगणमा विभिन्न खेल, बाल उद्यान, व्यापारिक स्टल बनाइएको छ । महोत्सवबाट आधादर्जन सामाजिक क्षेत्रको काम गर्ने लक्ष राखिएको छ ।
    धवलागिरि बहुमुखी क्याम्पसको गरिब, बिपन्न तथा जेहेन्दार बिद्यार्थी छात्रवृत्ति कोषमा साथ दिने, स्थानीय उत्पादनलाई जोड र कोसेली घर निर्माण तथा संचालनमा पहल, पत्रकार महासंघको संस्थागत विकासमा साथ दिने, हाम्रो समुदाय राम्रो समुदायिक भन्ने अभिव्यक्तिका साथ सामुदायिक प्रहरी रामरेखालाई सहयोग गर्ने, बजारमा सिसि क्यामेरा जडान र व्यवस्थापन तथा व्यवसायी एकताका लागि अक्षय कोष निर्माण गर्ने उद्देश्य राखिएको अध्यक्ष नरेश कंडेलले जानकारी दिए ।
    नेपाल सरकारले आगामी सन् २०२५ लाई नेपाल भ्रमण बर्ष मनाउने भनेको छ । मेलामा १ सय २० व्यापारिक स्टल, ३० वटा प्रवद्र्धनात्मक स्टल र बागलुङकै उत्पादन राखिएको छ । महोत्सवलाई जिल्लाकै प्रतिष्ठाको बिषय बनाउन सकेमा व्यापार व्यवसाय बढाउने, पर्यटन प्रवद्र्धनका कार्यक्रम संचालन गर्ने जस्ता काम अगाडि बढ्ने पनि कंडेलले बताए ।
    महोत्सवको अवसरमा राष्ट्रिय कलाकारहरु आउनेछन् भने खुला रिले दोहोरी हुनेछ । खुला महिला तथा पुरुष भलिबल, भजन प्रतियोगिता, युवा उद्यमी सम्मेलन लाइभ कन्सर्ट, बाल उद्यान र जातजातीका झाँकी हुनेछन् । महोत्सवको कुनै दिन पारेर स्थानीय उत्पादन स्वरुप सुन्तला प्रर्दशनीको आयोजना गरिने बताइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend