११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

महिला भलिबलको फाइनलमा नव मालिका र निर्माण व्यवसायी भिड्ने


जनमञ्च संवाददाता
  • १४ पौस २०८० , शनिबार

  • महिला भलिबलको फाइनलमा नव मालिका र निर्माण व्यवसायी भिड्ने

    बागलुङ, १४ पुस– जिल्लामा जारी गण्डकी प्रदेश खुल्ला महिला भलिबलको उपाधिको लागि नव मालिका युवा क्लब र निर्माण व्यवसायी संघ बागलुङ भिड्ने भएका छन् ।
    शुक्रबार भएको प्रतियोगिताको सेमिफाइनल खेलमा नव मालिकाले नेपाल सुनचाँदी व्यवसायी संघ र निर्माण व्यवसायी संघ बागलुङले प्रेम दाईको रेष्टुरेण्ट तंग्रामलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।
    प्रतियोगिताको पहिलो सेमिफाइनलमा नव मालिका युवा क्लबले नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गर्यो । नव मालिकाले पहिलो सेट २५–१५, दोस्रो सेट २५–८ र तेस्रो सेट २५–१८ ले विजयी भएको थियो ।
    यस्तै दोस्रो सेमिफाइनल खेलमा यस्तै दोस्रो सेमिफाइनल खेलमा निर्माण व्यवसायी संघ बागलुङले प्रेम दाईको रेष्टुरेण्ट तंग्रामलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । निर्माण व्यवसायीले पहिलो सेट २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२२ ले विजयी भयो । तेस्रो सेटमा १२–१९ ले पछि परेको निर्माण व्यवसायीले उत्कृष्ट कमव्याक गर्दै २५–२२ ले जित निकालेको हो ।
    शुक्रबार नै भएको समुह चरणको अन्तिम खेलमा निर्माण व्यवसायी संघ बागलुङले गलकोट नगरपालिका–१० पाण्डवखानीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । पहिलो सेट २५–१९ र दोस्रो सेट १४–२५ ले आफ्नो पक्षमा पारेको निर्माण व्यवसायी संघले तेस्रो सेटमा २५–२३ ले गुमाएको थियो । चौथो सेटमा १७–२५ मा विजयी हासिल गरेको थियो ।
    सातौं बागलुङ महोत्सवमा आयोजित प्रतियोगिताको फाइनल खेल र तेस्रो स्थानको खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ र तृतीय हुने टिमले २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने भलिबल संयोजक सञ्जय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
    महोत्सव पौष २२ गतेसम्म संचालन हुनेछ । पौष १६ गतेदेखि पालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता संचालन हुनेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend