११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

महिला भलिबलको उपाधि नव मालिकालाई


जनमञ्च संवाददाता
  • १४ पौस २०८० , शनिबार

  • महिला भलिबलको उपाधि नव मालिकालाई

    बागलुङ, १४ पुस– सातौं बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश खुल्ला महिला भलिबलको उपाधि नव मालिका युवा क्लबले जितेको छ ।
    शनिबार भएको फाइनल खेलमा नव मालिकाले निर्माण व्यवसायी संघ बागलुङलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । नव मालिकाले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१८ ले जित्दा तेस्रो सेट १२–२५ ले गुमाएको थियो । चौथो सेट २५–११ ले जित्दै नव मालिकाले उपाधि जितेको हो ।
    शनिबार नै भएको तेस्रो स्थानको खेलमा नेपाल सुनचाँदी व्यवसायी संघ विजयी भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघले प्रेम दाईको रेष्टुरेण्ट तंग्राम भलिबललाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो ।
    प्रथम भएको नव मालिका युवा क्लबले ५१ हजार १ सय ११ रुपैयाँ, द्धितिय भएको निर्माण व्यवसायी संघ बागलुङले ३१ हजार १ सय ११ रुपैयाँ र तृतीय भएको नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङले २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । विजेता टिमहरुलाई महोत्सवको अन्तिम दिन पौष २२ गते पुरस्कार वितरण गरिने आयोजक बागलुङ उद्योग वाणिज्य संघ बागलुङले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend