८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

गलकोट नगरलाई कान्छीमाया फाउण्डेसनद्वारा एम्बुलेन्स सहयोग


जनमञ्च संवाददाता
  • १५ पौस २०८० , आइतबार

  • गलकोट नगरलाई कान्छीमाया फाउण्डेसनद्वारा एम्बुलेन्स सहयोग

    बागलुङ, १५ पुस– गलकोट नगरपालिका–४ का अध्यक्ष बलबहादुर खत्रीको मित्र साइनो पर्ने धुलिखेल नगरपालिकाका डा. दिलबहादुर तामाङले गलकोटमा स्वास्थ्य क्षेत्रमा सहयोग बढाएका छन् ।
    आफ्नै आमाको सम्झनामा स्थापित कान्छीमाया तामाङ फाउण्डेसनमार्फत तामाङले बागलुङको गलकोट नगरपालिकामा ‘ख’ वर्गको एम्बुलेन्स सहयोग गरेका छन् । त्यसबाहेक पटक पटक स्वास्थ्य क्षेत्रको सुधारमा उनले सहयोग गर्र्दै आएका छन् ।
    तामाङले ५ बर्षदेखि गलकोट नगरपालिका, नगर अस्पताल, स्वास्थ्य चौकी समेतमा लाखौंका उपकरण र सामाग्री सहयोग गर्दै आएका छन् । हटिया र नरेठाँटी स्वास्थ्य चौकी, तथा बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा फाउण्डेसनले नियमित सहयोग गर्दै आएको गलकोट नगरपालिका–४ का अध्यक्ष बलबहादुर खत्रीले बताए ।
    गलकोट नगरपालिका–४ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा फाउण्डेसनले भिडियो एक्सरे, अक्सिजन कन्सन्ट्रेसन मेसिन सहयोग गरेको हो । त्यस्तै नरेठाँटी स्वास्थ्य चौकीमा बेड, औषधीसहितका उपकरण र स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
    बिशेष कार्यक्रममार्फत फाउण्डेसनका संस्थापक डा. दिलबहादुर तामाङले नगर प्रमुख भरत शर्मा गैरेलाई एम्बुलेन्स हस्तान्तण गरेका हुन् । आफ्नी आमाको दुर्घटनामा मृत्यु भएपछि डा. दिलबहादुर तामाङले आमाको नाउँमा ‘कान्छीमाया तामाङ फाउण्डेसन’ स्थापना गरेका थिए । उक्त फाउण्डेसनमार्फत यहाँको अस्पताल र स्वास्थ्य चौकीसम्म आएर उनले पटक पटक सहयोग गरेका हुन् । उक्त एम्बुलेन्स तत्कालका लागि वडा नं. ३ र ४ का स्वास्थ्य संस्थाले उपयोग गर्ने तयारी छ । हाल नगर अस्पतालमा पनि ‘ख’ वर्गकै अर्को एम्बुलेन्स संचालित छ ।
    ग्रामीण क्षेत्रमा हुने दुर्घटना तथा अन्य स्वास्थ्य समस्याले मानिसले ज्यान गुमाउन नपरोस भन्दै डा. तामाङले सहयोग गरेको बताए । एम्बुलेन्स अभावमा गलकोटका बासिन्दाले कुनै दुर्घटना भैहालेमा ट्याक्सी रिर्जभ गरेर पोखरासम्म पुग्थे । ट्याक्सीमा अक्सिजन सेवा र बिरामीलाइ राख्ने सुविधासम्पन्न बेड नहुँदा अप्ठ्यारो थियो । ‘एम्बुलेन्स आएपछि बिरामीलाई अक्सिजनसमेत दिएर पठाउन सकिने भयो’ गलकोट नगरपालिका–३ का अध्यक्ष फमबहादुर खत्रीले भने, ‘ग्रामीण क्षेत्रका बासिन्दाको राम्रो उपचार पनि संभव हुने भएको छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend