९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

रोजगारका लागि विदेश पलायन रोक्न ताराखोलाले बनायो श्रम रोजगार बैंक


जनमञ्च संवाददाता
  • १८ पौस २०८० , बुधबार

  • रोजगारका लागि विदेश पलायन रोक्न ताराखोलाले बनायो श्रम रोजगार बैंक

    बागलुङ, १८ पुस– ताराखोला गाउँपालिकाले सहिद विश्व श्रम रोजगार बैंक स्थापना गरेको छ । सहिद विश्व श्रम रोजगार बैंक स्थापनाका लागि रोजगारमा आबद्ध श्रम सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको छ ।
    मंगलवार ताराखोला गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष धनबहादुर बिकले रोजगारमा जोडिएका ६७ जना युवालाई सपथ ग्रहण समेत गराएका छन् । उनले युवा रोजगार मात्र नभइ सामाजिक सुरक्षाको दृष्टीले पनि दिगो व्यवस्थापनको कार्यविधि ल्याएर यो काम थालिएको बताए ।
    मंगलबारै श्रममा जोडिएका युवालाई गाउँपालिकाले अभिमूखीकरण समेत गराएको छ । गाउँपालिका भित्रका सबै बिकास निर्माणमा एकद्वार प्रणाली लागू गर्न तथा युवालाई समान रुपमा रोजगारीका अबसर सिर्जना गर्दै उनीहरुको भविष्य पनि सुरक्षित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । त्यसकालागि युवाहरु गाउँपालिकाले तोकेको कार्यविधिमा रहेर रोजगारीमा प्रवेश गर्नेछन् । यसरी प्रवेश गरेका युवाले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमबाट पछि पेन्सन समेत पाउने व्यवस्था छ । यो व्यवस्थाकालागि कामदारले १० देखि ११ प्रतिशत र गाउँपालिकाले २० देखि २१ प्रतिशत सम्म लगानी गर्नेछ । कोष मार्फत उनीहरुको स्वास्थ्य शिक्षा र अन्य सेवाकालागि पनि पालिकाले लगानी गर्ने बताइएको छ ।


    यो रकम सुरक्षा कोष मार्फत बिरामी र दुर्घटना परेमा उपचार सेवा पाउनेछन् । उमेर पुगेर निवृत्त भएमा पेन्सन सुविधा पनि पाउने अध्यक्ष बिकले जानकारी दिए । ताराखोलाका पहिलो सहिद विश्व गौचनको संझनामा गाउँ परिषले यो काम गर्ने निर्णय गरिसकेको थियो । अहिले कार्यविधि समेत बनाएर लागू भएको प्रशासकीय अधिकृत प्रकाश गैरेले जानकारी दिए ।
    गाउँपालिका भित्रका २ हजार २ सय घर धुरीका कम्तिमा एक घरको एकजना अनिवार्य श्रममा जोडेर यो अभियान पुर्णता दिने अध्यक्ष बिकले बताए । फर्निचर उद्योग, ढुंगा उद्योग, कृषि, सडक, खानेपानी, सिंचाइ तथा भवन निर्माणका सबै काम स्थानीय श्र।मक प्रयोग हुनेछ । ‘रोजगारी खोज्दै बिदेशिने युवा घटाउने, सीप, कला कौशालका क्षमता बढाउने, स्थानीय तहमै श्रमको व्यवस्था गर्ने, सोही अनुसार पारिश्रमिकको व्यवस्थापन गर्ने र आर्थिक बिकासमा गाउँपालिकालाई सक्षम बनाउने दिर्घकालिन योजना सहित यो अभियान थालिएको बिकले जानकारी दिए ।
    कार्यक्रमको उद्घाटन गर्दै संघिय सांसद तथा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले यो महत्वपूर्ण बिषय भएकोले अन्य पालिकाले पनि अनुसरण गर्नुपर्ने बताए । .पौडेलले युवालाई गाउँमै रोजगारी दिने यो महत्वपूर्ण अभियान हो’ उनले भने, ‘जनप्रतिनिधिहरु श्रम र रोजगार प्रति कति संवेदनशिल छन् भन्ने ताराखोलाले देखाएको छ ।’ पौडेलले राज्यले पनि यो अभियानबाट सिक्नुपर्ने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend