९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पर्यटकीय रिठेडाँडामा वनभोजका लागि पुग्ने बढे


जनमञ्च संवाददाता
  • १८ पौस २०८० , बुधबार

  • पर्यटकीय रिठेडाँडामा वनभोजका लागि पुग्ने बढे

    बागलुङ, १८ पुस– जिल्लाको जैमिनी नगरपालिका, ५ बिनामारेको रिठेडाँडा पछिल्लो समय वनभोज स्थल बन्दै गएको छ । वडाको उच्च भागमा पर्ने डाँडा हिउँद लागेपछि दिनदिनै भरीभराउ हुन थालेको हो ।
    प्रचार प्रसारको अभावमा ओझेलमा रहेको रिठेडाँडामा पछिल्लो समय बिभिन्न समुहहरु बनभोजका लागि पुग्ने गरेको वडाअध्यक्ष ठगबहादुर थापा क्षेत्रीले बताए । अहिले यो क्षेत्रमा जैमिनीका बिभिन्न ठाउँबाट वनभोज खान आउन थालेका हुन । वनभोज खानेहरुले यहाँ रहेको चौतारी, पोखरी लगायतका रमणीय स्थल विषयमा प्रचार गरेसंगै पछिल्लो समय रिठेडाँडा वनभोज खानेहरुको लागि रमणीय स्थल बन्दै गएको वडाअध्यक्ष क्षेत्रीले बताए ।
    कुनै समय नागपञ्चमी, बडा दसैँ, चैत्राष्टमीलगायत पर्वका मौकामा मेला चल्ने गरेको भएपछि सुरक्षा जोखिमका कारण रिठेडाँडामा मेला लाग्न छोडेको केही बर्ष भएको थियो । नयाँ पुस्ताले त त्यसको महत्व पनि भुल्न थाले । कुनैताकाको हराभरा र रमझममय रिठेडाँडा निर्जन डाँडामा फेरियो । मन्दिर र चौपारी जीर्ण बने । पोखरी सुक्यो । घाँस र झाडीले रिठेडाँडा घेरियो । त्यसको प्राकृतिक सौन्दर्य मात्रै गुमेन, धार्मिक, सांस्कृतिक पक्ष पनि ओझेलमा प¥यो । गाउँको विकास र पर्यटन बुझेका स्थानीय अगुवालाई भने त्यो कुराले पिरोल्दै गयो ।
    उनीहरुले गुमनाम रिठेडाँडाको रौनक फर्काउने सपना देखे । जनप्रतिनिधिले पनि स्थानीयवासीसँग होस्टेमा हैँसे मिलाए । सबै कस्सिए, पर्यटनबाट रिठेडाँडालाई चिनाउन । जैमिनी नगरपालिका–५ बिनामारेस्थित रिठेडाँडाको मुहार अहिले विस्तारै बदलिँदैछ । विकास निर्माण र पर्यटनका योजनाले नयाँ बनभोज स्थलका रुपमा रिठेडाँडा चिनिँदैछ ।
    “यो डाँडाको पौराणीक महत्व धेरै छ, समय अनुसार परिवर्तित संरचना तयार गरेर यो डाडाँलाई नयाँ व्यवस्थापन गर्दै छौं’ उनले भने, ‘बीचमा मेला, पर्वमा झैझगडा हुन थालेपछि सुरक्षा खतराका कारण यहाँ हुने मेलाको परम्परा बन्द हुन पुगेको हो ।’
    रिठेडाँडामा उद्यान, पदमार्ग निर्माण, चौपारी संरक्षणलगायतका काम भएको छ । पर्यटनको काम हुन थालेपछि त्यहाँ रहेको शंखेपहाराको चर्चा पनि बाहिरिएको छ ।
    त्यहाँ रहेको चौपारीमा १२१ वर्ष पुरानो ढुङ्गाको शिलालेख पनि छ । पोखरीमा रहेको मौलो पनि उति नै पुरानो रहेको स्थानीयवासी बताउँछन् । हिउँदमा सो पोखरी सुक्ने गरेको छ । बाह्रैमास पानी जम्ने बनाउन पोखरी संरक्षणको योजना पनि ल्याइएको छ । पहिले रहेको भगवती मन्दिर जीर्ण बनेपछि नगरपालिका र स्थानीय दाताको सहयोगमा पुनःनिर्माण गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend