बागलुङ, १९ पुस– बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको सातौं बागलुङ महोत्सवमा जारी खुला पुरुष भलिबल प्रतियोगितामा बुधवार सेमी फाइनल समीकरण पुरा भएको छ ।
मंगलबार र बुधवार भएका खेलबाट बनेको समीकरणअन्र्तगत बिहिबार सेमीफाइनल खेल संचालन हुने खेल संयोजक किशोर छन्तयालले बताए । बुधबारको खेलमा ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिका सेमीफाइनल प्रवेश गरेका छन् ।
बुधबार भएको खेलमा ताराखोलाले निसीखोला गाउँपालिकालाई बेस्ट अफ ५ मा तीन खेल जितेर सेमीफाइनल प्रवेश गरेको हो । पहिलो चरणका खेलहरु बेस्ट अफ ३ मा खेलाइएको थियो । ताराखोलाको २७–२५, १९–२५,२५–२३ र २५–२१ को अंकले पराजित गरेको हो । बुधवारै भएको दोश्रो क्वाटर फाइनल खेलमा ढोरपाटन नगरपालिकलो बागलुङ नगरपालिकाको तित्याङ खेलकुद समितिलाई पराजित ग¥यो । सेमीफाइनल प्रवेशका लागि ढोरपाटनले सोझो तीन सेटनै जितेको थियो । ढोरपाटनले २५–२०, २८–२६ र २५–२१ को अंक बटुल्यो ।
त्यसअघि भएको खेलमा गलकोट नगरपालिकाले बरेङ गाउँपालिकालाइ जितेर सेमीफाइनल प्रवेश गरिसकेको छ । बिहिबार ताराखोला गाउँपालिका र होटल माउन्टेन भ्यू तथा ढोरपाटन नगरपालिका र गलकोट नगरपालिकाबीच सेमीफाइनल हुने भएको हो ।