२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रक्तदान कुर्सी सहयोग


जनमञ्च संवाददाता
  • २० पौस २०८० , शुक्रबार

  • बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रक्तदान कुर्सी सहयोग

    बागलुङ, २० पुस– भुगोलका हिसाबले चार पालिकाको संगममा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा सधैं बिरामीको चाप हुन्छ । कहिले तत्कालै शल्यक्रिया गर्नुपर्ने त कहिले तत्कालै रगत आवश्यक पर्ने बिरामी स्वास्थ्य केन्द्रमा टुट्दैनन् ।
    फराकिलो भवनमा सिमित जनशक्ति भएपनि स्वास्थ्य केन्द्रले दिनदिनै सयौं बिरामीको उपचार गर्छ । तीन तहका सरकारले पूर्वाधार उपकरण र प्रबिधि तयार गर्न धेरै प्रयास गरेका छन् । सरकारी प्रयासहरुले धेरै समस्याको समाधान त भएका छन्, तर स–साना केही पूर्वाधारले भने स्वास्थ्य केन्द्रको सेवा प्रवाहमा समस्या आउने गरेको छ । स्वास्थ्य केन्द्रमा आकस्मीक रुपमा हुने रक्तदानका लागि रक्तदान कुर्सीको समस्या लामो समयदेखि थियो । स्वास्थ्य केन्द्र प्रमुख चिकित्सक रचना सुवेदीका अनुसार साढे एक लाख पर्ने कुर्सी किन्न केन्द्रसँग स्रोत थिएन् ।
    ‘आकस्मिक रुपमा व्लड चाहियो भने हामीले व्लडदान गर्ने व्यक्ति र बिरामीलाई एकै प्रकृतिको वेडमा राखेर रगत लिने गरेका थियौं’ सुवेदीले भनिन् ‘यो जोखिमपूर्ण र असजिलो काम थियो, व्लड डोनेसन कुर्सीको अभावमा हामीले त्यसो गरेका थियौं ।’ अब भने स्वास्थ्य केन्द्रमा रक्तदान गर्ने व्यक्तिले आरामले सुतेर रक्तदान गर्न पाउने छन् । दाताको सहयोगमा स्वास्थ्य केन्द्रमा रक्तदान कुर्सी भित्राईएको छ ।
    फेयर मेड फाउण्डेसन र बिवाईसी बागलुङको सहयोगमा स्वास्थ्य केन्द्रले कुर्सी पाएको हो । कुर्सी हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले पूर्वाधार र उपकरणको उपयोगमा जोड दिए ।
    एक लाख ५० हजारभन्दा धेरै मुल्य पर्ने कुर्सी काठमाण्डौंमा खरिद गरिएको हो । यसअघि पनि दाताहरुले स्वास्थ्य केन्द्रको प्रयोगशाला लगायतका लागि बिभिन्न सामग्री सहयोग गर्दै आएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend