८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मिसन नेपाल कृषि सहकारीको छैटौं साधारणसभा


जनमञ्च संवाददाता
  • २२ पौस २०८० , आइतबार

  • मिसन नेपाल कृषि सहकारीको छैटौं साधारणसभा

    बागलुङ, २२ पुस– मिसन नेपाल कृषि सहकारी संस्था बागलुङले ठुला सहकारी संस्थामा देखिएको समस्याका कारण साना र उत्पादन मुलक क्षेत्रमा काम गर्ने सहकारीमा परेको प्रभाव कम गर्न अभियान सञ्चालन गर्ने भएको छ ।
    शनिबार बागलुङमा भएको संस्थाको छैटौं साधारण सभाले कृषि उत्पादनको क्षेत्र पहिचान गरेर उत्पादन र बजारीकरणका कार्यमा शेयर सदस्यहरुको सक्रियता बढाउने र स–साना पुँजीबाट चलेका सहकारी सम्बन्धि सचेतना बिस्तार गर्ने घोषणा गरेको हो ।
    संस्थाको आगामी योजना प्रस्तुत गर्दै अध्यक्ष दलसिंह खत्रीले बचत बृद्धि, लगानी बृद्धि, सक्रियता बृद्धि र शेयरसदस्य तथा कृषि उत्पादनमा लाग्ने प्रण गरे । सहकारीले बागलुङ बजारमा शितभण्डार र तरकारी मण्डी सञ्चालनमा ल्याएको छ ।
    सहकारीका सचिव धनबहादुर खत्रीले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका शेयर सदस्यहरुको व्यवसाय प्रबद्र्धनका लागि सहयोग गर्ने बताए ।
    ५४ लाख २४ हजार शेयर पूँजी रहेको सहकारीले आगामी बर्ष शेयर बृद्धि र शुद्धिकरण अभियान सञ्चालन गर्ने जनाएको छ । ५ सय ५० शेयर र ७५ लाख बढी शेयर पूँजी संकलन गरिने कोषाध्यक्ष दिलिप केसीले बताए ।
    साधारणसभामा सहकारीले बिभिन्न प्रतियोगितात्मक खेल सञ्चालन गरेको थियो । संस्थामा कारोवार गर्ने, समस्या परेका बेला स्वयं उपस्थित भएर सहयोग गर्ने र सञ्चालक समितिले जस्तै चासो राख्ने शेयर सदस्य टिकादेवी सार्कीलाई प्रमुख अतिथी बनाएर साधारण सभा गरिएको थियो ।
    कार्यक्रम अध्यक्ष दलसिंह खत्रीको अध्यक्षता, उपाध्यक्ष कोपिला कुमारी शर्माको स्वागत र सचिव धनबहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षा उपसमितिका संयोजक बलबहादुर छन्त्याल र शेयर सदस्य सञ्जय श्रेष्ठले बोलेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend