२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागलुङको अध्यक्षमा डिल्लीराज


जनमञ्च संवाददाता
  • २३ पौस २०८० , सोमबार

  • पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागलुङको अध्यक्षमा डिल्लीराज

    बागलुङ, २३ पुस– नेपाल पुस्तक तथा स्टेशनरी व्यववसायी महासंघ बागलुङ शाखाको नबौ बार्षिक साधारणसभा तथा छैठौं अधिबेशनले डिल्लीराज शर्माको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
    समितिको उपाध्यक्षमा टिकाराम गौतम, सचिवमा जीवननाथ शर्मा, कोषाध्यक्षमा किशोर सापकोटा, सहसचिवमा शोभाखर शर्मा, सदस्यहरुमा नारायण शर्मा, हरि सापकोटा, देवीकुमारी शर्मा, रूपा थापा, मनप्रसाद गौतम तिलक खड्कालाई चयन गरिएको निर्वाचन समितिका संयोजक थानेश्वर सुवेदीले जानकारी दिए ।
    साधारणसभामा बागलुङका पुस्तक ब्यवसायी तथा लालचन्द्र राजेशचन्द्र राजभण्डारी पुस्तक तथा स्टेसनरीका प्रोपाइटर लालचन्द्र राजभण्डारी, प्रेस तथा छापाखाना व्यवसायीतर्फ राजभण्डारी छापाखानाका प्रोपाइटर कृष्णगोविन्द राजभण्डारीलाइ सम्मान गरिएको थियो ।
    कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाराम गौतम, केन्द्रीय सदस्य रमेश पौडेल, गण्डकी प्रदेश सचिव कृष्णप्रसाद पोखरेल, पुर्व जिल्ला अध्यक्ष नवराज पौडेल, सल्लाहकार ध्रुवराज शर्माले बोलेका थिए ।
    कार्यक्रम नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ बागलुङका अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षता, कोषाध्यक्ष किशोर सापकोटाको स्वागत र सचिव जीवननाथ शर्माको संचालनमा सम्पन्न भएको थियोे ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend