२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

जाडोमा रोट्रयाक्टको न्यानो कार्यक्रम


जनमञ्च संवाददाता
  • २३ पौस २०८० , सोमबार

  • जाडोमा रोट्रयाक्टको न्यानो कार्यक्रम

    बागलुङ, २३ पुस– रोट्रयाक्ट क्लव अफ बागलुङले सिगाना माविमा अध्ययन गर्ने बिद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री सहयोग गरेको छ ।
    क्लवले प्रत्येक बर्ष संचालन गर्ने जाडोमा न्यानो कार्यक्रमअन्तर्गत यस बर्ष बागलुङको सिगाना माविमा अध्ययन गर्ने ३१ जना बिद्यार्थीलाई करिव ६० हजार मुल्य बराबरको ट्रयाक सेट, टिसर्ट, जुक्ता, मोजा र स्टेशनरी समान बितरण गरेको हो ।
    देशबिदेशमा रहेर क्लवलाई माया गर्ने व्यक्तिहरुको सहयोगमा न्यानो कपडा बितरणका साथै सापकोटा स्टेशनरीका प्रोपाइटर तथा क्लवका कोषाध्यक्ष किशोर सापकोटाको ७ हजार बरावरको सहयोगमा स्टेशनरी सामाग्री बितरण गरिएको क्लवलका सचिव तारा केसीले जानकारी दिइन् ।
    कार्यक्रममा बोल्दै रोटरी क्लव अफ बागलुङका अध्यक्ष दिपेन्द्रबहादुर घिमिरेले क्लवले समाज रुपान्तरण र परिवर्तनका लागि बिभिन्न खालका कार्यक्रम गर्दै आएको र जाडोको मौषममा बिद्यार्थीहरुको सहजताका लागि न्यानो कपडा बितरण गर्नु आफैमा महत्पूर्ण बिषय भएको बताए ।
    कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक लक्ष्मण खड्का, पूर्व वडा अध्यक्ष जितबहादु जिसी राजन लगाएतले क्वलले गरेका कार्य प्रसंशायोग्य रहेकाले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका थिए ।
    कार्यक्रममा क्लवका अध्यक्ष सुस्मिता केसीको अध्यक्षता, सचिव तारा केसीको स्वागत र सहसचिव सन्तोष बोहोराको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend