चितवन, २३ पुस– नेपाल सौर्य विधुत उत्पादक संघ (सिमन) को अध्यक्षमा कृष्ण प्रसाद पराजुली अध्यक्षमा निर्वाचित भएका छन् । संघको चितवनको सौराहामा आईतवार समपन्न २३ औं साधारणसभाबाट सौर्य इनर्जी प्रा.लि.का प्रबन्ध निर्देशक पराजुलीको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा क्वालिटी रिन्युएवल इनर्जी नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक हरिनारायण गौतम, प्रथम उपाध्यक्षमा ब्राइट भिजन इनर्जी प्रा.लि.का प्रबन्ध निर्देशक ओम बहादुर खत्री, द्धितिय उपाध्यक्षमा सौर्य उर्जा नेपाल प्रा.लि.निर्देशक दिपेन्द्र प्रसाद सिटौला सर्वसम्मत निर्वाचित भएका छन् ।
संघको महासचिवमा स्काई सन इनर्जी कम्पनी प्रा.लि.का दिपक गौतम, सचिवमा स्मार्ट सोलार प्रा.लि.का सुदर्शन बानियाँ र कोषाध्यक्षमा पिकसन इनर्जी एण्ड इन्भेष्टमेन्ट प्रा.लि.का राजकुमार क्षेत्री चयन भएका छन् ।
संघको सदस्यमा इनर्जी एण्ड कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का राजेन्द्र वहादुर खड्का, उज्यालो उर्जा प्रा.लि.का ज्ञानु शाह, सोलार कन्स्ट्रसक्न एण्ड इनर्जी प्रा.लि.का बुद्धिराज तिमल्सिना, सनसेफ सोलार एण्ड इन्भेष्टमेन्ट प्रा.लिका भानुभक्त पौड्याल, अन्नपूर्ण सोलार प्रा.लि.का राम प्रसाद कोइराला, उर्जा घर प्रा.लि.का रामेश्वर वाग्ले र ग्रिनटेक प्रोजेक्ट प्रा.लि.का भरत नेपाल निर्वाचित भएको महासचिव गौतमले वताए ।
संघमा निवर्तमान अध्यक्ष प्रकाश विक्रम वस्नेत पदेन सदस्य रहने ब्यवस्था छ ।
सौर्य विधुत उत्पादक संघ सौर्य उर्जाको क्षेत्रमा काम गर्ने नीजि क्षेत्रको साझा संस्था हो । यस संस्थामा देशभरका ९७ वटा सदस्य कम्पनी आवद्ध रहेका छन् ।
साधारणसभाको उदघाट्न उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री शक्ति वहादुर वस्नेतले गरेका थिए ।