बागलुङ, २४ पुस– सातौ बागलुङ महोत्सवमा १० करोडको कारोवार भएको छ । ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, सम्मुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नाराका साथ संचालित पर्यटन, पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवँ सातौं बागलुङ महोत्सव करिब १० करोड बरावरको कारोवार गर्दै सकिएको हो ।
उद्योग बाणिज्य संघ बागलुङको आयोजनामा धौलागिरि बहुमुखी पुस ११ गतेदेखि २२ गतेसम्म संचालित महोत्सवमा ८ लाखभन्दा बढि दर्शकले अवलोकन गरेको र १० करोड बरावरको भएको संघका महासविच ऋषीराम गौतम र प्रेस सल्लाहकार सुवास आचार्यद्धारा प्रकाशित प्रेस विज्ञप्तीमा जनाइएको छ ।
संघले विज्ञप्तीमार्फत महोत्सव सफल पार्न सहयोग पु¥याउने सबैलाई आभारसहित धन्यावाद पनि व्यक्त गरेको छ । विज्ञप्तीमा महोत्सवले स्थानीय उत्पादनको बिक्री बितरण तथा प्रचार प्रसारका लागि महत्वपूर्ण सहयोग पुगेको पनि उल्लेख गरिएको छ ।
महोत्सवले बागलुङ जिल्लालाई राष्ट्रिय तथा अन्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बढाउन सफल भएको उल्लेख गर्दै बिज्ञप्तीमा आगामि दिनमा पनि सवैको सहयोगको अपेक्षा गरिएको छ ।
महोत्सवमा पालिका स्तरीय पुरुष भलिवल, खुल्ला महिला भलिवल, राष्ट्रिय तथा स्थानिय कलकारहरुको सांगेतिक प्रस्तुती, रिले दोहोरी, भाले छुने प्रतियोगिता, नृत्य प्रतियोगिता, महिला लठो तान्ने प्रतियोगिताका साथै रमाइलो मेला, तथा फोटो प्रदर्शनी एवँ बिभिन्न प्रकृतिका करिव २ सय स्टलहरु राखिएको थियो ।