बागलुङ, २४ पुस– काठेखोला गाँउपालिका वडा नम्बर ५ बिहुँ स्थित भिमसेन माध्यमिक विद्यालयमा एक दिने आँखा दृष्टि परिक्षण शिविर सम्पन्न भएको छ । बागलुङ जेसीज र भिमसेन माध्यमिक विद्यालय बागलुङको आयोजना, सफल चश्मा तथा आँखा क्लिनिकको प्राविधिक सहयोगमा एक दिने आँखा दुष्टि परिक्षण शिविर सम्पन्न भएको हो ।
बिद्यालयका सहायक प्रधानाध्यापक नारायण कँडेलको प्रमुख आतिथ्यतामा भएको शिविरमा बिद्यालयमा अध्यापनरत शिक्षक र कक्षा १ देखि १२ सम्मका बिद्यार्थी गरि ५ सय जनाको आँखा परिक्षण गरिएको थियो ।
परिक्षण गरिएका मध्य ५ जनालाई चस्मा लगाउनुपर्ने, १ जनाको आँखाको नानीमा समस्या र १ जनाको जन्मजात आँखाको गेडि हल्लीने समस्या देखिएको नेत्र सहायक समेत रहनुभएका बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले जानकारी दिए । कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष गणेश महतोको अध्यक्षता र उपाध्यक्ष रोहन जिसीको संचालनमा सम्पन्न भएको थियो ।