८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

पर्वतमा रैथाने बालीको संरक्षण गरिँदै


रासस
  • ६ माघ २०८० , शनिबार

  • पर्वतमा रैथाने बालीको संरक्षण गरिँदै

    पर्वत, ६ माघ– यहाँ रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्न थालिएको छ । स्थानीय उत्पादन र रैथाने बालीका उत्पादित वस्तुको उपभोग घट्ने तथा आयातित खाद्यान्नको उपभोग बढ्दै जान थालेपछि संरक्षण र प्रवद्र्धन गर्न थालिएको हो ।
    परम्परागत रैथाने बाली लोप हुँदै गएको र उपभोगसमेत घट्न थालेपछि कृषि ज्ञान केन्द्रले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको हो । स्थानीय किसानलाई जैविक खाद्यवस्तुमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण तथा रैथाने बाली प्रवद्र्धन गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
    यहाँ उत्पादन हुने धान, मकै, कोदो, फापर, सिमी, चिनो, कागुनो, लट्टे, जौ, गहुँ, तोरीलगायत अन्न बाली पछिल्लो समय हराउँदै गएका छन् । ती बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले जानकारी दिए ।
    रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेका कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता खनिजको प्रचुरता बढी पाइने भएकाले संरक्षणमा जोड दिइएको पौडेलको भनाइ छ ।
    पछिल्लो समय रैथाने बालीको उत्पादन घटेको तर परिकारको माग बढेको भए पनि कसरी उपयोग गर्ने भन्ने ज्ञानसमेत सहरी क्षेत्रमा हराउँदै गएकाले किसानलाई परिकार बनाउने र बजारीकरण गर्ने गरी तालिम दिने गरिएको सो कार्यालयले जनाएको छ ।
    स्थानीय बजारमा फापर, कोदो र मकैको पीठो, कागुनोलगायत बालीको माग बढेको छ  । रैथान बालीलाई व्यावसायिक रूपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्नसक्ने सम्भावना रहेको वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष रैथाने बाली उत्पादन तथा प्रवद्र्धन कार्यक्रमका लागि रु पाँच लाख र प्रशोधन तथा बजारीकरणका लागि रु चार लाख रकम विनियोजन गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend