२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026
काठेखोला गाउँपालिकाको १४ औं गाउँसभा

अस्थायी, करार र अनुदानका शिक्षक सरुवा गर्न ऐन संशोधन


जनमञ्च संवाददाता
  • ९ माघ २०८० , मंगलबार

  • अस्थायी, करार र अनुदानका शिक्षक सरुवा गर्न ऐन संशोधन

    बागलुङ, ९ माघ– जिल्लाको काठेखोला गाउँपालिकाले अस्थायी, करार र अनुदान कोटाका शिक्षक सरुवा हुन पाउने कानून ल्याएको छ ।
    काठेखोला गाउँपालिकाको शिक्षा ऐन, २०७९ को पहिलो संसोधनमार्फत गाउँपालिकाले स्थायी बाहेकका शिक्षकहरुको समेत सरुवा हुनसक्ने व्यवस्था गरेको हो ।
    १४ औं गाउँसभाले शिक्षा ऐनको संशोधन गर्न बनेको पहिलो संशोधन बिद्येयक सर्वसम्मत पास गरेको हो । ऐनमा अस्थायी, कारर र अनुदान कोटाका शिक्षकहरु समेत दुवै तर्फको विद्यालय व्यवस्थापन समितिको सहमतिमा सरुवा हुनसक्ने व्यवस्था गरिएको छ ।
    विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय शिक्षा समिति र कार्यपालिकालाई जानकारी गराउनुपर्ने व्यवस्था ऐनमा गरिएको छ । कार्यपालिकाको पूर्व सहमति लिएर गरिने सरुवा द्रुतमार्गबाट गर्न सकिने गरी ऐन संसोधन भएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । यसअघि स्थायी बाहेकका शिक्षक सरुवा हुनसक्ने व्यवस्था थिएन् ।
    गाउँसभामा शिक्षा ऐनको संशोधन विद्येयक प्रस्तुत गर्दै गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक खडक थापाले सबै शिक्षकहरुलाई समान अधिकार दिनका लागि ऐन संशोधन गरिएको बताए ।
    त्यस्तै गाउँपालिकाले कृषि तथा व्यवसायीक क्षेत्रमा अनुदान दिँदा लागत सहभागिता अनिवार्य हुनेगरी कृषि विकास तथा व्यवसाय प्रबद्र्धन ऐन संशोधन गरेको छ । ऐनको पहिलो संशोधनले गाउँपालिकाले २० प्रतिशत कृषकको लागत सहभागिता हुने योजनामा अनुदान दिने व्यवस्था गरेको हो । आर्थिक बिकास समितिका संयोजक लक्ष्मण पुनले लागत सहभागिता कम गरेर व्यवसायीक प्रबद्र्धन गर्नेगरी ऐन संशोधन गरिएको बताए ।
    गाउँपालिकाले हिउँदेसभाबाट बिभिन्न ऐन तथा कार्यबिधिहरुको संसोधन भएका छन् । गाउँसभाले आर्थिक ऐन, बिनियोजन ऐनको संशोधन प्रस्ताव पारित गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend