२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

पत्रकार कुट्ने प्रहरीलाई कारवाही


जनमञ्च संवाददाता
  • ११ माघ २०८० , बिहिबार

  • पत्रकार कुट्ने प्रहरीलाई कारवाही

    बागलुङ, ११ माघ– नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय रानामाथी कुटपिट गर्ने प्रहरी कारवाहीमा परेका छन् ।
    जिल्ला सुरक्षा समितिले गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनको आधारमा प्रहरी नायव निरीक्षक अनुप केसी क्षेत्री कारवाहीमा परेका हुन् । समितिले दिएको प्रतिवेदनको आधारमा केसीलाई प्रहरी ऐन अनुसार बिभागीय कारवाही गरिएको प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्काले बताए ।
    प्रहरी ऐन अनुसार कुनैपनि प्रहरी कर्मचारीले गरेको कसुरजन्य कामको उचित र पर्याप्त कारण खुलेपछि गरिने कारवाही गरिएको हो । दुइ पटक सम्मको स्पष्टीकरण साधेपछि केसीलाई नसिहत दिइएको थियो । त्यस्तै उनलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ ।
    उनले गरेको कसुरमा सार्वजनिक माफीसमेत मागेका छन् । आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने प्रतिवद्धता पनि जनाएका छन् । छानविन समितिदेखि कारवाही सम्मको फाइल खडा गरेर जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालय, हेलो सरकार र राष्ट्रिय मानवअधिकार आयोगमा समेत पठाउने व्यवस्था गरेको छ ।
    पुस २१ गते बागलुङ महोत्सवको ११ औं दिन प्रहरीले राना माथी कुटपिट गरेको थियो । उक्त घटनामा रानाको हात र खुट्टामा चोट लागेको थियो । अझैपनि शरीरमा निलडाम रहेका छन् । उनको हातको हड्डी समेत चर्केकोले धौलागिर अस्पतालमा एक्सरे लगायतको स्वास्थ्य उपचार गरी औषधिसमेत सेवन गरेका थिए ।
    छानविन समितिले प्रतिवेदन सार्वजनिक गर्न ढीला गरेपछि पत्रकारले एक दिन जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएका थिए । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले कारवाहीको प्रतिवद्धता जनाएपछि पत्रकारको आन्दोलनको कार्यक्रम स्थगित भएको थियो । बुधबार पीडित पक्षको उपस्थितिमा प्रहरी कार्यालयमा केसीले माफीसमेत मागेर जिल्ला छाडेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend