बागलुङ, १४ माघ– जिल्लाको बडिगाड गाउँपालिका भवन आइतबार औपचारिक उद्घाटन भएको छ । केही समयअघि निर्माण सम्पन्न भएपनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले संघियताले गाउँ गाउँमा करोडौंका भौतिक पूर्वाधार निर्माण मात्र नभई विकास निर्माणको बजेटसमेत गाउँमा आएको बताए । ‘हिजो जिल्लाबाट के योजना आउँछ भनेर कुर्ने अवस्था भएका गाउँमा आफ्नै नीति, कार्यक्रम र बजेटले विकास गर्न पाइएको छ’ उनले भने, ‘विकासले निरन्तर गति लिएको छ, अझै व्यवस्थित विकास गर्न आवस्यक छ ।’
बडिगाड गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएर काम गर्दा गाउँपालिकाबासीको समेत गर्व बढेको बताए । बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरबासीले दिएको साँढे ९ रोपनी जमिनमा गाउँपालिका भवन बनेको हो ।
पालिका भवन भने ५ करोड १८ लाख ५४ हजार रुपैयाँमा ‘माउन्टेन कविन बिआए संयुक्त निर्माण कंपनी’ले भवन बनाएको हो । गत असार मसान्तमा सक्नुपर्ने भएपनि केही समय ढीला गरी भवन पुरा भएको थियो । सदरमुकामदेखि ७० किमी पश्चिमको यो गाउँपालिका जिल्लाकै ठूलो पालिका भवन बनेको हो । यसअघि १ लाख १० हजारबढी भाडा तिरेर भाडामा बस्दै आएको थियो ।
गाउँपालिकाले आफ्नै भवनमा बस्दा बर्षको १५ लाख रुपैयाँ घर भाडाको बचाउन सकेको अध्यक्ष गण्डकी थापाले बताइन् । ‘आफ्नै भवन भएपछि कार्यालय पनि व्यवस्थित बनाउन सकिने भयो’ उनले भनिन्, ‘व्यवस्थित विकासको योजना बनाएर अगाडि बढ्नेछौं ।