९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

विद्यालय स्तरिय ‘प्रेस चौतारी कप’ फुटलब हुने


जनमञ्च संवाददाता
  • १६ माघ २०८० , मंगलबार

  • विद्यालय स्तरिय ‘प्रेस चौतारी कप’ फुटलब हुने

    बागलुङ, १६ माघ– प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले प्रेस चौतारी स्थापना दिवसको अवसर पारेर विद्यालय स्तरीय ‘प्रेस चौतारी कप’ फुटवल प्रतियोगिता गर्ने भएको छ । जिल्ला शाखाले प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसर पारेर अन्तर विद्यालय जिल्ला स्तरीय फुटबल प्रतियोगिता गर्ने भएकोम हो ।
    सोमबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रेस चौतारी बागलुङका अध्यक्ष सिर्जना पन्तले ‘स्वास्थ्यका लागि खेल, खेलका लागि खेलकुद पत्रकारिता’ भन्ने नाराका साथ ५० हजार पुरस्कार राशिको विद्यालय स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको बताईन् ।
    ‘राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्गम स्थल विद्यालय हो, विद्यालय केन्द्रित प्रतियोगिता नियमित आयोजना हुनुपर्छ अध्यक्ष पन्तले भनिन्, चौतारीले यो प्रतियोगिता यहि हेतुका साथ गर्न लागेको हो, पत्रकारका साथै विद्यालय र विद्यार्थीलाई समेत खेल र खेल पत्रकारितासँग जोड्नुपर्छ ।’
    केन्द्रीय मूलधारको मिडियामा बिट पत्रकारिता हुने र मोफसलमा सबै बिधामा उत्तिकै पोख्त हुनुपर्ने बाध्यता रहेको भन्दै उहाँले जिल्ला स्तरमा हुने दुर्लभ प्रतियोगिता र त्यसको रिर्पोटिङमा देखिने यथेष्ट अभ्यास, ज्ञान र अनुभवको कमीलाई पुरा गर्न ठोस पहलकदमी कसैले नउठाएका कारण चौतारीले अग्रसरता देखाएको बताईन् ।
    प्रेस चौतारी बागलुङले यो प्रतियोगिताले फुटबलसँगै समग्र खेल रिर्पोटिङमा समेत टेवा पु¥याउने जनाएको छ ।
    पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती जारी गरिएको छ । विज्ञप्तीमा फुटबल प्रतियोगिताको जित हारको सूचना समाचार मात्र नभई जिल्लाको खेलकुद पत्रकारितालाई खेल र नतिजाको रिपोर्टिङ भन्दा फराकिलो दायरामा लैजानु अपरिहार्य रहेको उल्लेख गरिएको छ । खेल पूर्वाधार, खेलाडी प्रोफाइल, खेल सम्भावना, खेल एकता र जिल्लाभित्र फुटबलको समग्र विकास जस्ता विषय पनि समेट्ने प्रेरक परिवेश तयार गर्नका लागि प्रतियोगिता सहयोगी हुने जनाईएको छ ।
    ५० हजार रुपैयाँ प्रथम पुरस्कार रहेको प्रतियोगिताको उप विजेता समुहले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई विधागत पुरस्कार प्रदान गरिने सचिव अर्जुन कार्कीले जानकारी दिए ।
    ‘प्रेस चौतारी कप’ सम्पन्न गर्नका लागि ४ लाख ७२ हजार ५ सय रुपैयाँ अनुमान गरिएको सचिव कार्कीको भनाई छ ।
    जिल्ला फुटबल संघ र जिल्ला खेल खेलकुद विकास समिति बागलुङको प्राविधिक सहयोग रहने भन्दै उपाध्यक्ष खेमराज गौतम सुवासले जिल्लाका १५ भन्दा बढी विद्यालय सहभागी हुने बताए ।
    कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागी हुन पाउने प्रतियोगितामा माघ १७ गते सम्म नाम दर्ता गराउन पाउने र १८ गते खेल तालिका सार्वजनिक गरिने छ । उद्घाटन खेल माघ १९ गते हुने बताईएको छ । खेल बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेल मैदानमा सम्पन्न हुने छ ।
    माघ २२ गते २६ औँ स्थापना दिवसका अवसरमा फाइनल खेल, प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार र प्रेस चौतारी युवा क्रियाशील पुरस्कार वितरण गरिने बताईएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend